मासुविनाको भोज बहिष्कार

सोमबार, ११ बैशाख २०७४, ०१ : ०० शुक्रवार , Kathmandu
मासुविनाको भोज बहिष्कार

भारतको उत्तर प्रदेशस्थित बरेली जिल्लाको एक घरमा गत साता विवाह समारोह थियो । जन्ती आइसकेपछि उनीहरूलाई खाना खुवाउन लगियो । तर, खानामा मासु नभेटेपछि जन्तीले खाना बहिष्कार गरे ।
बरेली जिल्लाको भोजीपुरा थानाक्षेत्रको एउटा गाउँमा बस्ने हामिद अली अन्सारीको छोरीको बिहेमा आएका जन्तीले यसरी भोज बहिष्कार गरेका हुन् ।  
उत्तर प्रदेशमा अवैध पशु वधशाला धमाधम बन्द गरिँदैछ । यसबाट भयभीत भएर थुप्रै मासुपसलेले तत्काललाई पसल बन्द गरेका छन् । यस्तोमा छोरीको बिहे आएपछि अन्सारीले जन्तीका निम्ति मासुको जोहो गर्न धेरै दौडधूप गरे । तर, सबैतिरका मासुपसल बन्द भएपछि उनले मासु फेला पार्न सकेनन् ।
मासु नभएपछि उनले मटर पनिर, दाल, तरकारीका अनेक परिकार, मिठाई, अचार आदिको व्यवस्था गरेका थिए । तर, जन्तीले भोजमा मासु नराखेर आफूहरूको अपमान गरेको भन्दै भोजन गर्न मानेनन् ।

 

Leave A Comment