सेन्सर बोर्डसँग रिसाइन् सोनाक्षी

सोमबार, ११ बैशाख २०७४, १२ : ३६ शुक्रवार , Kathmandu
सेन्सर बोर्डसँग रिसाइन् सोनाक्षी

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा भारतको फिल्म सेन्सर बोर्डसँग क्रुद्ध भएकी छिन् । सेन्सर बोर्डले सोनाक्षी अभिनीत फिल्म ‘नुर’को एउटा दृश्यमा कैँची चलाएपछि उनी रिसाएकी हुन् ।
फिल्मको एउटा ठाउँको संवादमा भारतका वरिष्ठ पत्रकार बर्खा दत्तबारे उल्लेख गरिएको छ । सेन्सर बोर्डले बर्खा दत्तबारे उल्लेख भएको खण्डमा कैँची चलाउन निर्देशन दिएपछि फिल्मकी मुख्य कलाकार सोनाक्षी रिसाएकी छिन् ।
सबै फिल्मप्रति सेन्सर बोर्डले समान धारणा राख्नुपर्ने र एउटा फिल्ममा राख्न छुट दिएको विषय अर्को फिल्ममा नराख् भन्न नहुने उनले बताइन् । फिल्ममा सोनाक्षी बर्खा दत्तलाई आदर्श मान्ने एक पत्रकारको भूमिकामा देखापरेकी छिन् । दत्तको थर अर्कै राखेर फिल्म सम्पादन गर्न बोर्डले फिल्म निर्माण युनिटलाई निर्देशन दिएको हो ।

Leave A Comment