चीन–ब्रिटेन जोड्ने रेल सञ्चालनमा

आइतबार, १० बैशाख २०७४, ०३ : ०८ शुक्रवार , Kathmandu
चीन–ब्रिटेन जोड्ने रेल सञ्चालनमा

 ब्रिटेनबाट चीनसम्म पुग्ने ७५ सय माइल लामो रेल सेवा सञ्चालमा आएको छ । यति लामो दूरीसम्म कुनै पनि रेल सेवा यसअघि सञ्चालित थिएन । सो रेललाई मालसामान ढुवानी गर्न प्रयोग गरिएको छ ।
रेलको परीक्षण यात्रा भइसकेको छ । अब मालसामान लादेर चीनबाट बेलायतसम्म रेल लैजाने तयारी अन्तिम चरणमा पुगेको छ । रेलको पहिलो यात्राका क्रममा यसमा ह्विस्की, सफ्ट ड्रिंक्स, औषधि आदिका कन्टेनर राखिनेछन् ।
चीन र बेलायत जोड्ने पुरानो रेशम मार्ग ब्युँताउने सहमति दुई देशबीच बनेपछि सो रेलमार्ग बनेको हो । यस रेलले बेलायतसहित समग्र युरोपसँग चीनको व्यापार सहज बनाउने बताइएको छ । चीनको झेजियाङ प्रान्तमा रेलवेको टर्मिनल छ । बोलायतबाट फ्रान्स, बेल्जियम, जर्मनी, पोल्यान्ड, बेलारुस, रुस, काजाकस्तान हुँदै सो रेलको लिक झेजियाङ प्रान्तसम्म आइपुग्छ ।  

 

Leave A Comment