नयाँ प्रेमीसँग गोमेज

आइतबार, १० बैशाख २०७४, ०१ : ४० शुक्रवार , Kathmandu
नयाँ प्रेमीसँग गोमेज

पपगायिका सेलेना गोमेज लामो समयसम्म गायक जस्टिन बिबरसँग प्रेममा थिइन् । अब उनले नयाँ प्रेमी बनाएकी छिन् ।
नयाँ प्रेमी उनले सांगीतिक जगतबाटै चुनेकी छिन् । उनका नयाँ प्रेमी हुन्, गायक अबेल तेस्फाये, जो स्रोतामाझ ‘द विकेन्ड’का नामले परिचित छन् ।
विगत केही समययता नजिकएका उनीहरू सार्वजनिक तथा निजी कार्यक्रममा सहभागी हुने क्रममा विभिन्न ठाउँमा सँगै भेटिएका थिए । यसै क्रमलाई निरन्तरता दिँदै गत साता उनीहरू एउटा संगीत महोत्सवमा सरिक भए ।
केही महिनाअघि उनीहरूले सामाजिक सञ्जालमा सेल्फी अप्लोड गरेर आफूहरू प्रेममा रहेको खुलासा गरेका थिए ।  

 

Leave A Comment