आतंकवादमा तीनमहिने शिशु !

शनिबार, ०९ बैशाख २०७४, १२ : २३ शुक्रवार , Kathmandu
आतंकवादमा तीनमहिने शिशु !

लन्डनस्थित अमेरिकी दूतावासले आतंक मच्चाएको आरोपमा तीन महिनाका शिशुलाई बोलायो । यति सानो बच्चालाई त्यति ठूलो आरोपबारे सोधपुछ गर्न बोलाएको थाहा पाएपछि सबैजना चकित परेका छन् ।
अमेरिकी दूतावासले ती शिशुकै सूचनामा भर पर्ने हुँदा शिशुलाई सोधपुछका लागि बोलाउनुपरेको हो । ती शिशु हुन्, पल केनयोन ।
केनयोन आफ्ना हजुरबुबासँग अमेरिकाको फ्लोरिडा भ्रमण गर्ने तयारीमा थिए । भ्रमणअघि लन्डनस्थित अमेरिकी दूतावासमा फारम भर्नुपर्ने हुन्छ । फारमको एउटा ठाउँमा ‘के तपाईं आतंकवादी हो, के तपाईं आतंकवादी गतिविधिमा संलग्न हुनुहुन्छ अथवा आतंकवादसँग कुनै प्रकारको सम्बन्ध राख्नुहुन्छ ?’ भनी सोधिएको हुन्छ । नातिको फारम भर्ने क्रममा हजुरबुबाले त्यस प्रश्नको जवाफ दिने क्रममा ‘छु’ खण्डमा चिनो लगाए । र, यसैलाई आधार बनाएर अमेरिकी दूतावासले सोधपुछका लागि शिशुलाई दूतावास बोलाएको थियो । केनयोनलाई लिएर उनका परिवारका सदस्य दूतावास गएर फारम भर्ने क्रममा भूल भएको भनेपछि केस बन्द गरिएको थियो ।

 

Leave A Comment