सन्न्यास योजनामा जोली

शनिबार, ०९ बैशाख २०७४, १२ : २० शुक्रवार , Kathmandu
सन्न्यास योजनामा जोली

अभिनय, फिल्म निर्माण र निर्देशनमा सक्रिय रहँदै आएकी हलिउड अभिनेत्री एन्जेलिना जोलीले अब विश्राम लिने सुर गरेकी छिन् । जोलीनिकट स्रोतले जनाएअनुसार अभिनेता ब्राड पिटसँग सम्बन्ध विच्छेद गरेपछि तनावग्रस्त अवस्थामा रहेकी जोलीले कामबाट निवृत्त हुने सोच बनाएकी छिन् ।
हलिउडबाट निवृत्त भएर उनले आफ्ना छ जना सन्तानलाई पूर्ण समय दिने सोच बनाएको स्रोतले जनाएको छ । ब्राड पिटले आफ्ना सन्तानसँग दुव्र्यवहार गरेको भन्दै जोलीले अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी थिइन् । पिताविहीन हुनुपर्दा सन्तानले एक्लो महसुस गर्न नपाऊन् भनेर उनले हलिउडबाट निवृत्त हुने सोच बनाएको स्रोतको दाबी छ ।

 

 

Leave A Comment