‘नेप्टे’ बन्दै दयाहाङ

शनिबार, ०९ बैशाख २०७४, १२ : १३ शुक्रवार , Kathmandu
‘नेप्टे’ बन्दै दयाहाङ

अभिनेता दयाहाङ राईले फिल्म ‘नेप्टे’ मा अभिनय गर्ने तय भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमबीच ‘नेप्टे’को निर्माण घोषणा गरियो ।

फिल्मले नेपालको मौलिक कथा बोक्ने निर्देशक देवकुमार श्रेष्ठले बताए । फिल्ममा छुल्ठिम गुरुङ, रोहित रुम्बा, माला लिम्बू, बुद्धि तामाङ, अर्जुन गुरुङ, श्याम राई, बाबु बोगटी, जयकिशन बस्नेत, जयनन्द लामा, उत्तम केसीलगायत कलाकारले अभिनय गर्नेछन् ।
निर्माता रुम्बाको कथालाई किरण माइकलले पटकथामा ढालेका छन् । फिल्ममा हरि लामाको छायांकन, रोशन श्रेष्ठको एक्सन, दिनेश पाख्रिन र कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जीसी र मिलन श्रेष्ठको सम्पादन रहनेछ भने बोगटी, रुम्बा, भानुभक्त ढकाल र यमनाथ मैनालीको संगीत रहनेछ ।

 

Leave A Comment