कैदीहरूको रेस्टुरेन्ट

शनिबार, ०९ बैशाख २०७४, १२ : ११ शुक्रवार , Kathmandu
कैदीहरूको रेस्टुरेन्ट

भारतीय शहर सिमलाको एउटा रेस्टुरेन्ट अहिले चर्चित बन्न पुगेको छ । रेस्टुरेन्टमा कारावास सजाय भोगिरहेका चारजना कैदीले काम गर्ने गरेको सार्वजनिक भएपछि सो रेस्टुरेन्ट चर्चित बन्न पुगेको हो । रेस्टुरेन्टको नाम हो, बुक क्याफे ।
एक साथ ४० ग्राहकलाई राखेर खाना खुवाउने क्षमता भएको सो रेस्टुरेन्ट जयचन्द, योगराज, रामलाल र राजकुमारले सञ्चालन गर्ने गर्छन् । चारैजना सिमला नजिकैको जेलमा आजीवन कारावासको सजाय भोगिरहेका छन् ।
सो रेस्टुरेन्ट भारत सरकारको पर्यटन विभागको वित्तीय सहयोगमा खुलेको हो । पर्यटन क्षेत्र सिमलामा रेस्टुरेन्ट खोल्दा एकसाथ दुइटा उपलब्धि हासिल हुने देखेपछि पर्यटन विभागले पैसा सहयोग गर्न सहमति जनाएको हो । सो रेस्टुरेन्टले पर्यटकलाई सेवा दिन्छ । दोस्रो, रेस्टुरेन्टमा काम गराएर अपराधीलाई सुधारेर समाजमा पुनःस्थापित गराउन सकिन्छ । जेलमा काम गर्ने चारजना कैदी दिनभर रेस्टुरेन्टमा काम गर्छन् र रात परेपछि जेल जान्छन् । भारतका कतिपय ठाउँमा जेलमा परेका अपराधीलाई सुधार्न यस्ता गतिविधि हुने गरेका छन् ।

 

Leave A Comment