कप्तान टेरीले चेल्सी छोड्ने

शनिबार, ०९ बैशाख २०७४, ११ : ४९ शुक्रवार , Kathmandu
कप्तान टेरीले चेल्सी छोड्ने

इंग्लिस क्लब चेल्सीका कप्तान जोन टेरीले यो सिजनको अन्त्यसँगै क्लब छोड्ने भएका छन् । झण्डै दुई दशकदेखि चेल्सीमा रहेका टेरीले यो सिजनको अन्त्यमा क्लब छोड्ने घोषणा गरेका हुन् । सन् १९९८ मा डेब्यू गरेका टेरीले अहिलेसम्म सबै प्रतियोगितामा गरेर चेल्सीबाट ७ सय १९ खेल खेलेका छन् । त्यसमध्ये ५ सय ७८ खेलमा कप्तानको भूमिकामा खेलेका छन् । उनी चेल्सीका सबैभन्दा सफल खेलाडी मानिन्छन् । उनले चारपटक प्रिमियर लिग, एकपटक च्याम्पियन्स लिग, पाँचपटक एफए कप, एकपटक युरोपा लिग र तीनपटक लिग कपको उपाधि जितेका छन् ।
क्लब छोड्ने निर्णय गर्दै टेरीले आफूलाई अझै पनि मैदानमा धेरै अवसर रहेको तर चेल्सीमा ती अवसर सीमित बन्दै गएको बताए । ३६ वर्षका टेरी १४ वर्षको हुँदा चेल्सीमा आएका थिए । उनले अहिलेसम्म क्लबबाट ६६ गोल गरेका छन् । यो सिजन उनले अहिलेसम्म प्रिमियर लिगका चार खेलमा मात्रै खेल्न पाएका छन् । उनले १७ वर्षको हुँदा लिग कपको खेलबाट चेल्सीबाट डेब्यू गरेका थिए । १९ वर्षको अवधिमा उनले ४० गोल गरेका छन् । उनले खेल जीवनको धेरै समय चेल्सीमै बिताएका छन् । उनले सन् २००० मा लोनमा नटिङगम फरेस्टबाट खेलेका थिए ।

 

 

 

Leave A Comment