केकीलाई राहत

बिहिबार, ०७ बैशाख २०७४, ०२ : १४ शुक्रवार , Kathmandu
केकीलाई राहत

‘हिट’ भन्ने शब्दको महत्व केकी अधिकारीलाई भन्दा बढी कसलाई थाहा होला र ? १५ वटा फिल्म खेल्दासम्म केकीका कुनै पनि फिल्मले यो शब्द प्रयोग हुने सौभाग्य पाएनन् । त्यसैले उनलाई ‘अनलक्की हिरोइन’ को उपाधि दिने गरिएको थियो । अन्ततः सोह्रौँ फिल्ममा आएर केकीको भाग्य फेरिएको छ । उनको पछिल्लो रिलिज ‘घामपानी’ बक्स अफिसमा हिट ठानिएको छ । नयाँ वर्षमा रिलिज भएको फिल्मले सिंगल थिएटरसँगै मल्टिप्लेक्समा पनि राम्रो व्यापार गरेको खबर छ ।

अभिनयका लागि सधैँ चिनिँदै आएकी हुन्, केकी । तर, आश गरेका फिल्म भकाभक फ्लप हुँदा उनको करिअर नै दाउमा थियो । तर, एउटा फिल्मको सफलताले उनको करिअरमा सञ्जीवनी बुटीको काम गर्छ कि गर्दैन, त्यो हेर्न भने केही समय कुर्नैपर्छ । अझ उनका हातमा त यसपछि आशलाग्दा फिल्म पनि छैनन् । मनोरञ्जनको दुनियाँ नै यस्तै हो, यहाँ एकचोटि पास भएर पुग्दैन, हरेक चोटि डिस्टिंङ्सन ल्याउनुपर्छ । एमबीए गरेकी केकीलाई यस्तो कुरा कसो थाहा नहोला र ? 

Leave A Comment