अनिलाको ‘ए साइँला’

बिहिबार, ०७ बैशाख २०७४, ०२ : १० शुक्रवार , Kathmandu
अनिलाको ‘ए साइँला’

गायिका अनिला राईको नयाँ गीत ‘ए साइँला’को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोको निर्देशन पत्रकार एमपी सुब्बाले गरेका हुन् । शनिवार राजधानीमा एक कार्यक्रमबीच भिडियोको विमोचन गरिएको थियो । भिडियोमा मोडलद्वय निशा पोमु लिम्बू र दिक्पाल कार्कीले अभिनय गरेका छन् । निशाको जन्मदिनको अवसर पारेर भिडियो सार्वजनिक गरिएको थियो । भिडियोमा हेमकुमार राईको शब्द र डक्टर किरातको संगीत रहेको छ ।

सूर्यको ‘जमाना खराब छ’
गायक सूर्य तिवारीको ‘जमाना खराब छ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा शब्द तथा संगीत मिलन जलन र सूर्य तिवारीको छ । राजन इसानले गीतको एरेन्ज गरेका छन् । फोटो पत्रकार श्रीधर पौडेलले भिडियोको छायांकन एवं निर्देशन गरेका हुन् । भिडियोमा मिलन जलन र अभिनेत्री वर्षा शिवाकोटी फिचरिङमा छन् ।

 

Leave A Comment