ज्यानेटले टुंग्याइन् सम्बन्ध

बुधबार, ०६ बैशाख २०७४, ०३ : १२ शुक्रवार , Kathmandu
ज्यानेटले टुंग्याइन् सम्बन्ध

अमेरिकी गायिका ज्यानेट ज्याक्सन श्रीमान् विस्साम अल मनासँग छुट्टिएकी छिन् । उनी जनवरीमा आमा बनेकी थिइन् । खबरअनुसार उनीहरूको सम्बन्ध विच्छेद सहमतिमा भएको हो र छोरीको हेरचाहमा मिलेर जिम्मेवारी निर्वाह गर्नेछन् ।
ज्यानेटनिकट स्रोतका अनुसार उनीहरूबीच केही महिनादेखि झगडा भइरहेको थियो । यो जोडीसँग काम गरेको एक सूत्र भन्छ, ‘ज्यानेटलाई श्रीमान्ले गर्भवती भएपछि बढी नै नियन्त्रण र कडाइ गरेको अनुभव भएको थियो । उनले पनि विस्सामलाई आफूमाथि हुकुम चलाउन दिइन् । उनका सांगीतिक कार्यक्रममा समेत उनी हुकुम चलाउँथे ।’
तिनै सूत्रका अनुसार विस्साम ज्यानेटले आफ्ना साथी र परिवारका सदस्यसँग भेटेको पनि मन पराउँदैनथे । श्रीमान्को यस्तै व्यवहारका कारण ज्यानेटले पाँच वर्ष लामो दाम्पत्य जीवनमा पूर्णविराम लगाएकी हुन् ।

Leave A Comment