नयाँ वर्षमा के किन्न मन छ ?

आइतबार, ०३ बैशाख २०७४, १२ : ५५ शुक्रवार , Kathmandu
नयाँ वर्षमा के किन्न मन छ ?

आस्था राउत, गायिका
नयाँ वर्षमा एप्पलको लेटेस्ट आइफोन किन्ने सोच बनाएकी छु । गर्मीका लागि नयाँ लुगालत्ता र जुत्ता पनि किन्नेछु ।

मेलिना राई, गायिका
यो वर्ष पुरानो स्कुटर चेन्ज गरेर नयाँ लिन मन छ । अहिले चलाइरहेको स्कुटर डिओको कालो र सेतो रङमा छ । अब बेस्टाको सिल्भर अथवा सुन्तला रङको लिने सोच छ ।

मौसमी गुरुङ, गायिका
मैले अहिलेसम्म लेहं्गा लगाएकी छैन । नयाँ वर्षको कार्यक्रममा लेहंगा लगाउने सोच बनाएकी छु । पिच रङको लेहंगा किन्नेछु ।
 
सु्नीता दुलाल, गायिका
आइफोन सेभेन किन्ने सोच बनाएकी छु । अनि, सुनका नयाँ झुम्का पनि किन्ने रहर छ ।

दीपक वज्राचार्य, गायक
मेरो बजेटले भ्याएसम्म यसपालि एसयूभीको गाडी किन्न योजना बनाएको छु ।

रामचन्द्र काफ्ले, गायक
३२ इन्चको ठूलो टीभी किन्ने धोको छ । मिलेसम्म नयाँ वर्षकै अवसर पारेर किन्छु होला ।

कोमल वली, गायिका
नयाँ वर्षका लागि कटनका सारी किन्ने मन थियो, किनिसकेँ । त्यही दिन मेरो जन्म दिन पनि हो । नयाँ वर्षका दिन कटनको सारी र ब्लाउज लगाउनेछु ।

राधिका हमाल, गयिका
नयाँ वर्षमा आई–२० गाडी किन्न मन छ । तर, पैसाजति अरू काममा खर्च भएकाले किन्ने रहर रहरमै सीमित हुने हो कि भन्ने डर छ ।

 

Leave A Comment