७४ सालमा घुम्न मन लागेको ठाउँ

आइतबार, ०३ बैशाख २०७४, १२ : ४९ शुक्रवार , Kathmandu
७४ सालमा घुम्न मन लागेको ठाउँ

करिश्मा मानन्धर, अभिनेत्री
मलाई घुम्न जान मन लाग्ने र सधैँ जाऊँजाऊँ लागिरहने ठाउँ पोखरा र चितवन हो । २०७४ सालमा पनि त्यहाँ पुगिरहनेछु ।

बेनिसा हमाल
मलाई मन पर्ने ठाउँ पोखरा हो । बिदामा घुम्न जाने भन्नासाथ दिमागमा पोखराको तस्बिर आइहाल्छ । जति घुमे पनि नअघाउने ठाउँ पोखरा भएकाले २०७४ सालमा पनि म त्यहाँ गइरहनेछु ।  

मेनुका प्रधान
कहिले नगएको र मलाई जान मन लागेकोे ठाउँ सिंजाभेडी हो । यो रुकुम जिल्लामा पर्छ । नयाँ वर्षमा नयाँ ठाउँ घुम्ने रहर छ ।

रीमा विश्वकर्मा
देशभित्र मनाङ र रारा ताल घुम्ने मन छ । नगएको र नघुमेका ठाउँ हुन्, यी । देशबाहिर मलाई माल्दिभ्स र ग्रिसतिर जाने इच्छा छ ।

 

Leave A Comment