नयाँ वर्षको पहिलो दिन कसरी सुरु गर्नुहुन्छ ?

शनिबार, ०२ बैशाख २०७४, ०२ : ५५ शुक्रवार , Kathmandu
नयाँ वर्षको पहिलो दिन कसरी सुरु गर्नुहुन्छ ?

पल शाह, अभिनेता
अहिले ‘म यस्तो गीत गाउँछु’ फिल्मको सुटिङमा व्यस्त छु । नयाँ वर्षको दिनमा अपर मुस्ताङको लाङथाङ भन्ने ठाउँमा गीतको सुटिङ हुनेछ । नयाँ वर्षको दिनको सुरुवात पनि सुटिङबाट सुरु हुनेछ । सुटिङ युनिटसँग २०७४ सालको सुरुवात गरिनेछ ।   

विपिन कार्की, अभिनेता
साथीभाइ, परिवार अनि इष्टमित्रसँग भेटघाट गरेरै नयाँ वर्षको सुरुवात गर्नेछु । आफन्तसँग रमाएर नयाँ वर्षको दिन सुरु गर्ने योजना छ ।

खगेन्द्र लामिछाने, अभिनेता
अशोक शर्माको निर्देशनमा नयाँ फिल्म आउँदै छ । नाम चाहिँ जुरेको छैन । नयाँ वर्षको दिनमा वा नयाँ वर्षमै फिल्मको लागि स्क्रिप्टको फस्ट ड्राफ्ट बुझाउँछु । सायद, मेरो नयाँ सुरुवात यसरी नै हुन्छ ।

प्रस्तुतिः रचना
 

 

Leave A Comment