४२ हजार फिटमा शिशुको जन्म

शनिबार, ०२ बैशाख २०७४, ०२ : ४९ शुक्रवार , Kathmandu
४२ हजार फिटमा शिशुको जन्म

टर्किस एयरलाइन्सको विमान गिनियाबाट इस्तानबुलतर्फ गइरहेको थियो । विमान ४२ हजार फिटको उचाइमा उडिरहेको थियो । विमानका यात्रुका लागि त्यो उडान अविस्मरणीय र विशेष थियो ।
विमानमा बस्नेबित्तिकै नैफी नामक महिलालाई सुत्केरी बेथा लाग्यो । आकाशमा सुत्केरी गराउनुबाहेक विमानका सदस्यसँग अन्य विकल्प थिएन । यस्तै इमर्जेन्सीका लागि उनीहरू प्रशिक्षित थिए । अन्य यात्रुको सहयोगमा उनीहरूले महिलाको सुत्केरी गराए । उनले छोरीलाई जन्म दिइन् । बच्चीलाई देखेर चालक दलका सदस्य हर्षले रोएका थिए ।
टर्किस एयरलाइन्सले बच्चीका साथ चालक दलका सदस्यको तस्बिर फेसबुकमा साझा गरेको थियो । त्यो तस्बिर भाइरल भइरहेको छ ।
आमा नैफी र छोरी बुर्किना अहिले अस्पतालमा छन् । दुवैको स्वास्थ्य राम्रो छ ।

Leave A Comment