नेमार वर्ष खेलाडी हुने प्रशिक्षकको दाबी

शनिबार, ०२ बैशाख २०७४, ०२ : ४५ शुक्रवार , Kathmandu
नेमार वर्ष खेलाडी हुने प्रशिक्षकको दाबी

ब्राजिलियन फुटबल स्टार नेमार सन् २०१७ को वर्ष खेलाडी हुने ब्राजिलका प्रशिक्षक टेटेले दाबी गरेका छन् । ब्राजिललाई सन् २०१८ मा रसियामा हुने विश्वकपमा स्थान बनाउने पहिलो टिम बनाउन महत्वपूर्ण भूमिका नेमारको छ । २५ वर्षका नेमारले विश्वकप छनोटमा अहिलेसम्म छ गोल गरिसकेका छन् । बार्सिलोनालाई च्याम्पियन्स लिगको क्वार्टरफाइलनमा पुर्याउन पनि नेमारको भूमिका महत्वपूर्ण छ । नेमारले यो सिजन राष्ट्रिय टिम र क्लब दुवैबाट निकै उत्कृष्ट प्रदर्शन गरेकाले २०१७ को वर्ष खेलाडी उनी नै बन्ने प्रशिक्षक टेटेले बताए । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्डमा गएको लामो समयदेखि लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको मात्रै राज रहँदै आएको छ । तर, यो वर्ष नेमारले त्यो क्रम भंग गर्न सक्ने टेटेको भनाइ छ ।

 

 

Leave A Comment