प्रेमी–पूर्वप्रेमीका बीचमा श्रद्धा

शनिबार, ०२ बैशाख २०७४, ०२ : ४१ शुक्रवार , Kathmandu
प्रेमी–पूर्वप्रेमीका बीचमा श्रद्धा

बलिउड अभिनेता फरहान अख्तर र अभिनेत्री श्रद्धा कपुर प्रेम सम्बन्धमा छन् भन्ने बलियो प्रमाण छैन । तर, उनले श्रद्धाका कारण आदित्य रोय कपुरसँग झगडा गरेको खबर बाहिरिएको छ ।
समाचारअनुसार हालसालै फरहान र आदित्यबीच चर्काे झगडा भएको थियो । कारण थियो– आदित्य आफ्नी पूर्वप्रेमिका श्रद्धासँग नजिकिनु ।
केही समयअघि निर्देशक महेश भट्टले दिएको पार्टीमा श्रद्धा र आदित्य देखिएका थिए । पार्टीमा उनीहरूले रमाइलो कुराकानी गरे, फोटो खिचाए । यी दुईले पार्टीमा हँसी–मजाक गरेको थाहा पाएपछि फरहानले संयम गुमाए । यसअघि उनले श्रद्धा र आदित्य फिल्म ‘ओके जानु’मा सँगै देखिनुलाई पचाउन सकेका थिएनन् ।
यी दुईलाई नियन्त्रण गर्नका लागि श्रद्धाले हस्तक्षेप गर्नुपरेको बताइन्छ । फरहानलाई शान्त पार्न उनी उनको घर गएकी थिइन् ।
‘आशिकी २’ फिल्ममा सँगै काम गरेपछि आदित्य र श्रद्धा प्रेममा परेको बताइएको थियो । उनीहरू धेरै ठाउँमा साथसाथै हुन्थे तर आफूहरूको अफेयर भएको अस्वीकार गर्थे । पछि उनीहरूको ब्रेकअप भएको खबर आयो ।
त्यसपछि श्रद्धाको नाम फरहानसँग जोडियो । उनको १६ वर्षीय दाम्पत्य जीवन टुट्नुको कारण पनि श्रद्धालाई मानिएको थियो । उनीहरूले ‘रकअन २’ मा सँगै काम गरेका थिए ।

 

Leave A Comment