‘श्रम ऐन उद्योगमैत्री छैनन्’

बुधबार, ३० चैत २०७३, ०१ : ५१ दिलीप पौडेल , Kathmandu
‘श्रम ऐन उद्योगमैत्री छैनन्’

इन्जिनियरिङमा स्नातक र व्यवस्थापनमा स्नाकोत्तर गरेका काठमाडौँका सुधीर पराजुलीले सन् २००१ मा इन्टरनेट सेवाप्रदायक कम्पनी स्थापना गरेर काम सुरु गरेका थिए । सुबिसु केवलनेट प्रालिका अध्यक्ष पराजुलीसँग कम्पनीले प्रदान गर्ने सेवा, नीतिगत समस्या, इन्टरनेटको बजारलगायत विषयमा शुक्रवारका लागि दिलीप पौडेलले गरेको कुराकानीः
यस व्यवसायमा कसरी आउनुभयो ?
पढाइको सिलसिलामा आईआईटी अध्ययन गर्न भारत गएको थिएँ । त्यहाँको एक बिजनेस समाचार पत्रमा अमेरिकामा राम्रोसँग चलेको इन्टरनेट भारतमा पनि सुरु गरेको बारेमा चर्चा भएको थियो । त्यसबाट प्रभावित भएर यो बिजनेस नेपालमा पनि राम्रै होला जस्तो लागेर साथीसँग सल्लाह गरेर सुरु गरेको हुँ । विद्युत प्राविधिकरणमा छ महिना काम गरेँ । त्यसपछि थप अध्ययन गर्न भारत गएँ । स्कुल पढ्दादेखि नै इलेक्ट्रोनिक्स, इलेक्ट्रोमेकानिक्स वा कम्युटर इन्जिनियर बन्ने योजना थियो । त्यसैले स्नातक इन्जिनियरिनमा गरेर स्नाकोत्तकर एमबीमा गरेर यो व्यवसायमा आएका हुँ ।
कति लगानीमा व्यवसाय सुरु गर्नुभएको थियो  ?
तीनजना साथीले ३३ हजारका दरले करिब एक लाख रुपैयाँमा व्यवसाय सुरु गरेका हौँ ।
अहिले लगानी कति पुग्यो ?
तीन सय करोड रुपैयाँ खर्च भएको छ ।
कम्पनीमा कतिले रोजगारी पाएका छन् ?
करिब १३ सय जनाले ।
यहाँको कम्पनीले कस्ता सेवा प्रदान गर्छ ?
हामीले ग्राहकलाई इन्टरेनट सेवा दिइरहेका छौँ । प्रविधिका हिसाबले एफईटीएच, केवल मोडल टेक्नोलोजीको प्रयोग गरेका छौँ । केवल टीभीमा दुवै सेवा दिन्छौँ । योसँग वायरलेस दिएका छौँ । यो काठमाडौँबाहिर रहेको छ । २० देखि एक सय एमबीसम्म प्रयोग गर्ने अफिसलाई डाटा दिन्छौँ । नेटवर्क सेवा प्रदायकको रूपमा विभिन्न अफिसलाई नेटवर्कमा आबद्ध गराउने काम भइरहेको छ । विभिन्न ठाउँमा रहेका बैंकका शाखालाई जोड्ने ।  एटीएम कनेक्ट गर्ने । आईटी सोलुसन दिने । केवल टीभी सेवा प्रदान गरेका छौँ । एउटै तारबाट इन्टरनेट र केवल टीभी सञ्चालन भइरहेको छ । डिजिटल टीभी पनि रहेको छ ।
बजारमा पहुँच कस्तो छ ?
६५ जिल्लामा सेवा बिस्तार गरी करिब ६० हजार ग्राहकले सेवा दिइरहेका छौँ ।
प्रतिस्पर्धा कस्तो छ ?
नेपाल दूर सञ्चार प्राधिकरणले करिब साढे चार दर्जन कम्पनीलाई अनुमति दिए पनि सक्रिय रूपमा काम गरेका इन्टरनेट सेवा प्रदायक एक दर्जन छन् । मूल्य र प्रविधिमा निकै प्रतिस्पर्धा बढेर गएको छ । नेपालमा जुन स्पिडको इन्टरनेटजति पैसामा दिइएको छ । यो दक्षिण एसियामै सस्तो हो । भारतीय कम्पनीसँग किनेर इन्टरनेट बेचेको भए पनि कम मूल्यमा सेवा पाएका छन् । यहाँ लागत निकै महँगो छ ।
नेपालमा आफ्नै सेटलाइट राख्ने सम्भावना छ ?
आठ वर्षअघि सम्पूर्ण इन्टरनेट नेपालमा सेटलाइटबाट आउँथ्यो । तर, अहिले फाइबरमा आउने इन्टरनेट बिक्री भइरहेको छ । करिब २० गुणा महँगो पर्छ । नेपालको आफ्नो सेटलाइट भए पनि धेरै महँगो पर्ने भएकाले विदेशबाट फाइबर ल्याइएको हो ।
इन्टरनेट गुणस्तरको विषयमा प्रयोगकर्ताको गुनासो छ किन ?
गुणस्तरमा दुई तीन किसिमको समस्या हुन्छन् । ६० प्रतिशत समस्या सेवाग्राहीको अज्ञानताले आउँछ । जस्तै, सफा गर्दा मोडेम, राउटरको तार फुस्किन्छ । राउटरमा समस्या देखिन्छ । बांकी ४० प्रतिशत समस्या अन्य कारणले हुन्छ । इलेक्ट्रोनिक्स सामान बिग्रिने समस्या हुन्छ । तीन अन्तर्राष्ट्रिय कम्पनीमा हामी आबद्ध छौँ । एउटा डाउन भयो भने अर्कोबाट सेवा दिन सकियोस् भन्ने हो । तर, पनि बीचमा विभिन्न समस्या आइरहन्छ ।
सुविसु नै किन प्रयोग गर्ने त ?
ग्राहकलाई सन्तुष्टि दिएका छौँ । एउटै तारबाट इन्टरनेट र टीभी दिने एक मात्र कम्पनी हौँ । केही समस्या आए तुरुन्त मर्मतसम्भार गर्छौं । सबैभन्दा छिटो र चाँडो रहेको छ ।
यो व्यवसायमा नीतिगत समस्या के छन् ?
राज्यको कुनै साधान प्रयोग नगरेको भए पनि चार प्रतिशत रोयल टी सीधै बुझाएका छौँ । त्यो पनि नाफाको आधारमा होइन । रोयल्टी राज्यको सम्पत्ति प्रयोग गरे तिनुपर्ने ठीकै हो । राज्यले हामीलाई फ्रिक्वेन्सी दिएको छैन । ंयो हटाए सस्तोमा दिन सक्छौँ । फ्रिकेन्सी दिए गाउँगाउँमा सेवा पुर्रयाउन सकिन्छ ।
सफलताका लागि के चाहिन्छ ?
अठोटमा अडिग हुनुपर्छ ।
व्यवसाय सञ्चालन गर्न चुनौती के छन् ?
नियम कानुन कमजोर हुँदा ग्रेएरिया छ । श्रम ऐन उद्योगमैत्री छैनन् । उद्योगले ऋण लिएर काम गर्ने हो । साढे सात प्रतिशत ब्याजमा परियोजना बनाएको अहिले १३ प्रतिशत पुगेको छ ।

 

Leave A Comment