‘जति दुःख भए नि देशै रमाइलो’

बुधबार, ३० चैत २०७३, ०१ : २३ शुक्रवार , Kathmandu
‘जति दुःख भए नि देशै रमाइलो’

बा.४.ख ७१६२
चालकः सुवास लामिछाने

के छ हालखबर गुरुजी ?
बेसै छ ।

फुर्सदमा हो ?
हल्काफुल्का ।

अब कतातिर जाने ?
भक्तपुर, कमलविनायक ।

कतिखेर आउँछ पालो ?
पालोको त ठेगान हुँदैन । गाडीको चाप हेरेर ।

घर कता पर्रयो ?
सिन्धुपाल्चोक ।

यहाँ कहाँ बस्नुहुन्छ नि ?
गाडी भक्तपुरतिरको चलाइन्छ बसाइ पनि त्यतै हो ।

ड्राइभर कसरी बनियो ?
पहिले खलासी थिएँ । त्यो काम गर्दागर्दै ड्राइभिङ सिकियो । लाइसेन्स लिएँ अनि ड्राइभर बनेँ ।

कति वर्ष भयो गाडी चलाउन थालेको ?
१२/१३ वर्षजति ।
 
कुन–कुन रुट चलाउनुहुन्छ ?
भक्तपुर, नयाँ बसपार्क, लगनखेल, पुतलीसडक, बागबजारसम्म ।

विदेश जाने सोच छ कि ?
विदेशमा दुई वर्ष बसियो । तर, सोचेजस्तो भएन । त्यहाँ पनि गाडी नै चलाएँ । विदेश सधैँ बस्ने ठाउँ होइन भन्ने लाग्यो । आफ्नै देश फर्किएँ ।

अब फेरि नजाने ?
नाइँ, अब नजाने विदेश ।
 
नेपाल फर्केको कति भयो ?

तीन वर्ष ।
 
जीवन के रैछ जस्तो लाग्छ त ?
जीवन त संघर्ष नै रैछ नि ! जति दुःख भए नि आफ्नै देश रमाइलो !

दिनमा मात्रै हो कि राति पनि चलाइन्छ गाडी ?
प्रायः दिनमै चलाइन्छ । कहिलेकाहीँ मात्र राति चलाइन्छ ।

काठमाडौँबाहिर पनि जानुहुन्छ ?
नेपालको पूर्वदेखि पश्चिम धेरै जिल्ला पुगिसकेँ ।

गाडी साहूको कि आफ्नै ?
आफ्नै हो । विदेशबाट फर्केपछि आफ्नै पैसाले किनेको ।

कतिमा किन्नुभा ?
३८ लाखमा ।

पेशाबाट सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट नै छु । अहिलेसम्म पुगेकै छ । गाडीबाटै घरखर्च चलेको छ ।

गाडीमा गीतसंगीत सुनिन्छ कि नाइँ ?
सुन्छु नि । सुनेकोसुन्यै गर्छु । लामो यात्रामा टन्नै गीत सुनिन्छ ।

फिल्म नि ?
भ्याएसम्म हेर्छु ।

ट्राफिक नियम कतिको पालना गरिन्छ ?
ट्राफिक नियम नमाने त जरिवाना भर्नु परिहाल्छ नि । मलाई जरिवान भर्नु छैन ।

प्रस्तुतिः रचना

Leave A Comment