हिन्दी सिक्ने सुरमा तमन्ना

बुधबार, ३० चैत २०७३, ०१ : ०२ शुक्रवार , Kathmandu
हिन्दी सिक्ने सुरमा तमन्ना

दक्षिण भारतीय फिल्ममा काम गर्नका लागि अभिनेत्री तमन्ना भाटियाले तमिल र तेलगु भाषा सिकिन् । उनलाई हिन्दी भने राम्ररी बोल्न आउँदैन । बलिउड फिल्ममा काम गर्नका लागि उनी हिन्दी सिक्ने विचारमा छिन् । केही बलिउड फिल्ममा काम गरे पनि उनका फिल्मले बक्स अफिसमा खासै राम्रो सफलता प्राप्त गर्न सकेका छैनन् ।
हालसालै एउटा अन्तर्वार्तामा ‘बाहुबली’ अभिनेत्री तमन्नाले भनेकी छिन्, ‘म आफ्ना कमी–कमजोरी हटाउन चाहन्छु । हिन्दी भाषाको कक्षा लिँदैछु । बलिउडमा अघि बढ्नबाट मलाई कसैले रोक्न सक्दैन ।’
उनले पाँच वटा दक्षिण भारतीय फिल्ममा काम गरिसकेकी छिन् । फिल्म ‘क्विन’ को तमिल संस्करणमा उनी मुख्य भूमिकामा देखिनेछिन् ।

Leave A Comment