चुम्बक मानव

बुधबार, ३० चैत २०७३, १२ : ५८ शुक्रवार , Kathmandu
चुम्बक मानव

अमेरिकाको सिकागोमा बस्ने ४७ वर्षीय जेमी किटनलाई चुम्बक मानव भन्न सकिन्छ । उनी आफैँमा एक रहस्य हुन् । उनलाई ‘क्यान हेड’ नामले बोलाइन्छ । बोतल, क्यान, फोन, कागजका प्याड र अन्य चिज उनको शरीरमा चुम्बकमा फलाम टाँसिएझैँ टाँसिन्छन् । निधार, गाला र टाउकोमा क्यान टाँसेर देखाउँदै हिँड्ने हुनाले उनलाई ‘क्यान हेड’ भनिएको हो ।
जेमी सात वर्षको हुँदा उनको शरीरको यो विशेषता पत्ता लागेको थियो । उनको शरीरमा खेलौना टाँसिन्थे ।
उनले सन् २०१६ जनुवरीमा आफ्नो टाउकोमा आठ वटा क्यान टाँसेका थिए । उनको यो उपलब्धि गिनिज बुक अफ वल्र्ड रेकड्र्समा अंकित भएको थियो ।
जेमीमा अर्काे असाधारण विशेषता पनि छ । उनको शरीरको तापक्रम सधैँ एक सय डिग्री सेल्सियस हुन्छ ।
कतिपय मान्छे चिजहरू आफैँ टाँसिन आइपुग्ने जेमीको विशेषतालाई रोग मान्छन् । तर, उनका डाक्टर विन मिन्ट भन्छन्, ‘यो कुनै रोग होइन, बरु रहस्य हो । जेमी बिलकुल स्वस्थ छन् ।’

 

Leave A Comment