सेफपुत्रीले डेब्यू गर्न सक्ने

मङ्गलबार, २९ चैत २०७३, ०२ : ५७ शुक्रवार , Kathmandu
सेफपुत्रीले डेब्यू गर्न सक्ने

बलिउडका सुपरस्टार आमिर खान ब्लकबस्टर फिल्म ‘दंगल’पछि आफ्नो आगामी फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को तयारी गरिरहेका छन् । यस फिल्ममा एक जना ‘स्टारकिड’ ले भूमिका पाउन सक्ने खबर बाहिरिएको छ । फिल्ममा तन्नेरी अभिनेत्रीको आवश्यकता भएकाले विभिन्न नाम अगाडि आएका छन् ।
विभिन्न मिडियाका खबर पत्याउने हो भने ‘मिस्टर पर्फेक्सनिस्ट’ आमिर खान आफ्नो नयाँ फिल्ममा कुनै स्टारकी छोरीलाई अभिनय गराउन चाहन्छन् । सुरुमा उनले आलिया भट्टलाई अवसर दिनेबारे सोचेका थिए तर फिल्मका निर्माता आदित्य चोपडा ‘बेफिक्रे’की अभिनेत्री वाणी कपुरलाई लिन जोड दिइरहेका छन् ।
यसै क्रममा सैफ अली खानकी छोरी सारा अली खानले यस फिल्मबाट डेब्यू गर्न सक्ने समाचार पनि आएको छ । तर, उनैले अवसर पाउने हुन् कि होइनन् ? त्यो पनि अहिले नै भन्न सकिने अवस्था छैन ।

 

Leave A Comment