यसरी गर्नुपर्छ मेकअप

सोमबार, २८ चैत २०७३, ०१ : १० शुक्रवार , Kathmandu
यसरी गर्नुपर्छ मेकअप

–मेकअप गर्दा सबैभन्दा पहिला क्लिन्जिङ क्रिमले अनुहार सफा गर्ने ।
–त्यसपछि कटनमा टोनर राखेर अनुहारमा लगाउने ।
–छाला चिल्लो छ भने कटनको कपडामा आइसको टुक्रा राखेर तीनदेखि पाँच मिनेटसम्म अनुहारमा दल्ने । यसले मेकअपलाई धेरै समयसम्म टिकाइराख्न मद्दत गर्छ ।
–टोनरपछि म्वइस्चराइजर क्रिम लगाउने ।
–त्यसपछि छालालाई सुहाउँदो फाउन्डेसन लगाउने ।
–फाउन्डेसनपछि पफ वा ब्रसको सहायताले लुज पाउडर लगाउने ।
–आँखालाई हाइलाइट गर्ने ।
–हाइलाइटसँग सुहाउँदो आइस्याडो लगाउने ।
–आइब्रो डिफाइनिङ पाउडर लगाउने ।
–वाटरपु्रफ आइलाइनर लगाउने ।
–गाजलपछि मस्कारा लगाउने ।
–ब्लसर लगाउँदा छालाको रङसँग मिल्ने गरी लगाउने ।
–समारोहअनुसार लाइट वा डार्क लिपस्टिक प्रयोग गर्ने ।
आँखाको मेकअप
–पहिले आई मेकअप बेस लगाउने ।
–गर्मीमा पाउडर बेस आइस्याडोको प्रयोग गर्नुपर्छ भने जाडोमा क्रिमबेस आइस्याडो लगाउँदा राम्रो हुन्छ ।
–आई मेकअप गर्नुअघि आँखामुनि लुज पाउडर लगाउने । मेकअप गर्दा आइस्याडो झ¥यो भने यसले मेकअप बेस खराब हुन दिँदैन ।
–आई मेकअप गर्दा दुईदेखि तीन रङको प्रयोग गर्ने ।
ओठको मेकअप
–लिपस्टिक लगाउँदा छाला र कपालको रङमा ध्यान दिनुपर्छ ।
–लिपस्टिक लगाउनुअघि ओठमा हल्का फाउन्डेसन लगाउने । यसरी फाउन्डेसन लगाउँदा ओठलाई भनेजस्तो आकार दिन सजिलो हुन्छ ।
–लिपलाइनरले आउटलाइन बनाउने । अनुहारलाई सुहाउने किसिमले मोटो वा पातलो आउटलाइन कोर्ने ।
–लिप ब्रसको सहायताले आउटलाइनभित्र लिपस्टिक लगाउने ।
–अठारदेखि २५ वर्षका युवतीका लागि पिंक रङको सेड राम्रो हुन्छ ।
–पच्चीसदेखि ४० वर्षका महिलालाई लाइट सेडको लिपस्टिक सुहाउँछ ।
–डार्क स्किन टोन भएकाले डार्क कलरको लिपस्टिक लगाउनु हुँदैन ।
–लिपस्टिकमाथि लिप ग्लस लगाउनाले ओठ सुक्खा देखिँदैन ।

 

Leave A Comment