गल्लीमा लुंगी लगाएकी अनुष्का

सोमबार, २८ चैत २०७३, १२ : ५९ शुक्रवार , Kathmandu
गल्लीमा लुंगी लगाएकी अनुष्का

भारतीय राज्य पञ्जाबको शहर जालन्धरमा अभिनेत्री अनुष्का शर्मा देखिइन् । उनले लुंगी लगाएकी थिइन् ।
निर्देशक इम्तियाज अलीको नयाँ फिल्मको सुटिङका क्रममा अभिनेता शाहरुख खान र अनुष्का सँगै देखिएका थिए । जालन्धरको गाउँ गुमटालीको गल्लीमा एउटा गीतको सुटिङ भएको थियो । शाहरुख सेतो सर्ट र अनुष्का कुर्ती र लुंगीमा देखिएकी थिइन् ।
शाहरुख आउने खबर फैलिएपछि उनका प्रशंसक सुटिङ भइरहेको गाउँमा ओइरिएका थिए । उनले थुप्रै फ्यानसँग फोटो खिचाए । अनुष्काका प्रशंसक पनि उनलाई हेर्न त्यहाँ पुगेका थिए । उनका केही फ्यानले उनका केही तस्बिर सोसल मिडियामा साझा गरेका छन् । तस्बिरमा उनी पहेँलो पहिरनमा देखिएकी छिन् ।  

 

Leave A Comment