प्रियंका दुनियाँकै दोस्रो राम्री

आइतबार, २७ चैत २०७३, ११ : ५८ शुक्रवार , Kathmandu
प्रियंका दुनियाँकै दोस्रो राम्री

एन्जेलिना जोली, एमा वाट्सन, ब्लेक लाइभली र मिसेल ओबामाजस्ता विश्वप्रसिद्ध हस्तीलाई पछाडि पारेर भारतीय अभिनेत्री प्रियंका चोपडा संसारको दोस्रो सुन्दर महिला भएकी छिन् । तस्बिर, जर्नल र भिडियो सेयर गर्ने लस एन्जलसस्थित सोसल मिडिया नेटवर्क ‘बजनेट’द्वारा गरिएको सर्भेमा प्रियंका दुनियाँकी दोस्रो राम्री महिला चुनिएकी हुन् । पपगायिका बियोन्सेलाई सर्भेले विश्वको सबैभन्दा सुन्दर महिला ठह¥याएको छ ।
प्रियंकाले ट्वीटरमा विश्वका सुन्दर महिलाहरूको सूची सेयर गर्दै आफ्ना प्रशंसकलाई भोट दिएकोमा आभार व्यक्त गरेकी छिन् । बियोन्सेलाई उल्लेख गर्दै ३४ वर्षीया यी सुन्दर अभिनेत्रीले लेखेकी छिन्, ‘बजनेट र भोट दिने सबैलाई धन्यवाद ! बियोन्से मेरो लागि पनि नम्बर एक हुन् ।’
विश्वका सुन्दर महिलाहरूको सूचीमा तेस्रो स्थानमा मोडल टेलर हिल छिन् भने चौथो, पाँचौँ र छैटौँ स्थानमा क्रमशः वाट्सन, डकोटा जोनसन र हिलारी क्लिन्टन छन् । त्यसै गरी, जोली आठौँ स्थानमा छिन् भने यस वर्षकी ओस्कार विजेता अभिनेत्री एमा स्टोन १२ औँ नम्बरमा छिन् । सुपरमोडल गिगी हदिद १३ औँ र अमेरिकाकी पूर्व प्रथम महिला मिसेल ओबामा १२ औँ स्थानमा छिन् । 

Leave A Comment