जलपरी बन्दै निकोल

शनिबार, २६ चैत २०७३, ०३ : ४५ शुक्रवार , Kathmandu
जलपरी बन्दै निकोल

हलिउड अभिनेत्री निकोल किडम्यानले फिल्म ‘अक्वाम्यान’ मा अभिनयको प्रस्ताव स्वीकार गरेकी छिन् । जेम्स वानले निर्देशन गर्ने फिल्ममा उनी क्विन एटलान्टाको भूमिका निर्वाह गर्नेछिन् । अस्ट्रेलियन मूलकी ४९ वर्षीया अभिनेत्री निकोलले निर्देशक वान आफ्नो पुरानो र असल मित्र भएको र फिल्मको कथावस्तु रोचक भएकाले आफूले यसमा अभिनय गर्न सहर्ष स्वीकार गरेको बताइन् ।
‘जेम्स वान अस्टेलियन हुन्,’ उनले भनिन्, ‘उनी मेरो असल साथी पनि हुन् । फिल्ममा मोती पहिरेर लडाकू जलपरी हुन पाउनु मेरो अहोभाग्य हो ।

 

Leave A Comment