फ्लप स्टार

शनिबार, २६ चैत २०७३, १२ : ३५ शुक्रवार , Kathmandu
फ्लप स्टार

रेखा थापा आफूलाई एक्लो महिला स्टार मान्छिन् । हुन् पनि । यसअघि उनकै वरिपरि घुम्ने फिल्मले दर्शक टिकटघरसम्म ल्याउने गरेका थिए । तर, ‘रामप्यारी’ यता उनको स्टारडमको भर दर्शकलाई लाग्न छाडेको छ । यसको प्रमाण बनेको छ, उनको पछिल्लो रिलिज ‘पलाँस’ । रेखा अभिनीत जुनसुकै फिल्मले शुक्रवार र शनिवार राम्रै दर्शक पाउने गरेका थिए । तर, ‘पलाँस’ले कुनै दिन पनि त्यो आभास गराएन । फिल्म विनाआवाज डुबेको छ ।
यसै गरी डुब्नेमा निखिल उप्रेती अभिनीत फिल्म ‘निर्भय’ पनि परेको छ । फिल्मले निखिलका फिल्ममध्ये अहिलेसम्मकै कम व्यापार गरेको बजार हल्ला छ । त्यसो त निखिलको यसअघि रिलिज भएको फिल्म ‘किङ’ले पनि निर्मातालाई खुशी बनाउन सकेको थिएन । फिल्मको व्यापारलाई लिएर दुई वितरकबीच हात हालाहाल नै भएको थियो ।
 फिल्म कमजोर भएर हो वा प्रचारप्रसारको चाँजो नमिलेर हो, यसको लेखाजोखा समीक्षकले गर्लान्, तर फिल्म व्यापारको अंकगणितले चाहिँ उनीहरूका दिन गएको संकेत गर्न थालेको हो कि ?

Leave A Comment