यौन शोषणका शिकार सेलिब्रिटी

बिहिबार, २४ चैत २०७३, ०३ : १४ शुक्रवार , Kathmandu
यौन शोषणका शिकार सेलिब्रिटी

ओप्रा विनफ्रे
‘द ओप्रा विनफ्रे सो’ विश्वप्रसिद्ध टेलिभिजन कार्यक्रम थियो । टेलिभिजनकी प्रसिद्ध हस्ती तथा व्यवसायी ओप्रा विनफ्रे भावुक अन्तर्वार्ताका चर्चित छिन् । अरूका वेदनालाई टेलिभिजनमार्फत देखाउने उनी एक चोटि डेभिड लेटरम्यानको सोमा कुराकानी गर्न पुगेकी थिइन् । अन्तर्वार्तामा उनले बाल्यकालमा आफू यौन शोषणको शिकार भएको बताइन् । एक जना नातेदारले नौ वर्षकै उमेरमा उनलाई बलात्कार गरेको थियो । उनले १४ वर्षको उमेरसम्म यो अमानवीय अत्याचार सहनुपरेको थियो ।

लेडी गागा
चर्चित अमेरिकी गायिका लेडी गागाले पनि बलात्कारको पीडा बेहोरेकी छिन् । एक अन्तर्वार्तामा उनले १९ वर्षको उमेरमा आफ्नो यौन शोषण भएको उनले बताएकी थिइन् । ‘त्यो मेरो जिन्दगीको सबैभन्दा दुःखद समय थियो,’ उनले भनेकी थिइन् । उनको गीत ‘स्वाइन’ यही विषयमा आधारित छ ।

पामेला एन्डरसन
क्यानेडियन अमेरिकन अभिनेत्री तथा मोडल पामेला एन्डरसनले छ वर्षको कलिलो उमेरमै यौन शोषणको शिकार भएको बताएकी थिइन् । उनको रेखदेख गर्ने जिम्मा लिएकी महिलाबाटै उनी पीडित भएकी थिइन् । त्यस्तै, १२ वर्षको उमेरमा पनि खेल सिकाउने बहानामा एक जना परिचित पुरुषले उनलाई बलात्कार गरेको थियो । उनले स्कुल पढ्दा अर्काे भयावह घटना पनि बेहोर्नुप¥यो । छ जना साथीले उनलाई सामूहिक बलात्कार गरेका थिए । ‘यो दुर्घटनापछि म मर्न चाहन्थेँ,’ उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘तर, मैले जिन्दगीसँग हार मानिनँ ।’

म्याडोना
विश्वप्रसिद्ध अमेरिकी पपगायिका म्याडोनाले पनि बलात्कारको पीडा सहनुपरेको थियो । भर्खरै करिअर सुरु गरेको बेला एक जना अपरिचितले पिस्टोल देखाएर उनलाई बलात्कार गरेको थियो ।

एस्ले जुड
अमेरिकी अभिनेत्री एस्ले जुड कैयौँ पटक यौन शोषणको शिकार भएकी थिइन् । उनले बाल्यकालमा आफूले शोषणको पीडा भोगेको बताएकी थिइन् । ‘मोडलिङ करिअरको सुरुवाती दिनमा पनि मेरो यौन शोषण भएको थियो,’ उनले एक अन्तर्वार्तामा भनेकी थिइन् ।

 

Leave A Comment