एकल साँझमा गुञ्जिए रामकृष्ण

बिहिबार, २४ चैत २०७३, ०१ : ५६ शुक्रवार , Kathmandu
एकल साँझमा गुञ्जिए रामकृष्ण

गायक रामकृष्ण ढकाल एकल साँझमा आफ्ना दुई दर्जनजति गीत सुनाए । काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको साँझमा ढकालले ‘बिहान उठ्नेबित्तिकै’, ‘दैव तेरो’, ‘मलाई यो जिन्दगीले’, ‘मन पराउने हजार भेटिन्छन्’, ‘दिलका कुरा नगर दिलमाया’, ‘चरीले छाडेर गइगयो’ लगायत गीत गाएका थिए ।
विन्ध्यवासिनी फाउन्डेसनको सहयोगार्थ विन्ध्यवासिनी म्युजिकले कार्यक्रम आयोजना गरेको थियो । फाउन्डेसनकी अध्यक्ष लिना शर्मा रेग्मीका अनुसार बुढेसकालमा संगीत सर्जकको एकल जीवन सुविधापूर्वक बितोस् भन्ने उद्देश्यले निर्माण गर्न लागिएको संगीत आश्रमका लागि गायक ढकालको एकल साँझ गरिएको हो ।
ढकालको स्वरमा द भ्वाइस ब्यान्डका प्रमुख अमूल कार्की ढलीसहित अनुप दास, देवाशीष, सञ्जीव बराइली, गोपाल रसाइली, रूपेश सिंह, बीपी सिंह, प्रदीप श्रेष्ठ, सुन्दर शाहलगायत वाद्यवादकले संगीत भरेका थिए ।

Leave A Comment