छानिए मिस्टर नेपालका प्रतियोगी

बिहिबार, २४ चैत २०७३, ०१ : ५० शुक्रवार , Kathmandu
छानिए मिस्टर नेपालका प्रतियोगी

पुरुषहरूको सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल २०१७’का लागि २४ युवा छानिएका छन् । देशभर विभिन्न चरणमा आयोजना गरिएका अडिसनबाट यी प्रतियोगी छानिएका हुन् । मिस्टर नेपालका विजेताले नेपालको प्रतिनिधित्व गर्दै ‘मिस्टर वल्र्ड’मा भाग लिन पाउने छन् ।
१६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाको सहभागिता रहेको प्रतियोगितामा छानिएका प्रतियोगी केही दिनमै प्रशिक्षणमा जुट्ने आयोजक एक्सपोज नेपाल डटकमका दिनेश शाहीले बताए । प्रतियोगीहरूलाई स्विमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायत विधामा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण दिइने कार्यक्रम संयोजक अर्चना थापाले बताइन् ।  
प्रतियोगिता विजेताले मिस्टर वल्र्डमा देशको प्रतिनिधित्व गर्नुका साथै  मोटर बाइकलगायत विभिन्न पुरस्कार जित्न सक्नेछन् । प्रतियोगिताको अन्तिम स्पर्धा वैशाखमा हुनेछ ।

 

Leave A Comment