उत्साहित पूर्वेली रंगकर्मी

बिहिबार, २४ चैत २०७३, ०१ : ३९ शुक्रवार , Kathmandu
उत्साहित पूर्वेली रंगकर्मी

पूर्वका रंगकर्मीहरूले नाटक प्रदर्शन गरेर ५५ औँ विश्व रंगमञ्च दिवस मनाए । धरानको आरम्भ नाट्य डबलीले रंगमञ्च दिवसमा दुइटा नाटक प्रदर्शनसँगै रंग–संगोष्ठी ग¥यो । प्रवीण राईको निर्देशनमा लागुऔषध समस्या विषयक नाटक ‘अँध्यारो सुरुङभित्र २’ प्रदर्शन भयो । नाटकमा प्रवीणसँगै शान्तिराम राई, सविना राई, तीर्थराज विक, कमानसिंह राई, सन्देश क्षत्री, सुवर्ण पखिले लगायतको अभिनय थियो भने राजन दाहालको निर्देशन र सचिन क्षत्रीको परिकल्पना रहेको समसामयिक राजनीतिक विषयक मुक नाटक ‘हस्तान्तरण’मा गोपाल देवान, विना डी तामाङ, प्रवीण राई, पानस गुरुङ, ज्योति राई, कृष्ण तिम्सिना आदिले अभिनय गरेका थिए ।

त्यसै गरी धरानकै रंगभूमि कलालयले ‘जो होचो उसैको मुखमा घोचो’ नामको सडक नाटक प्रदर्शन ग¥या े। नाटकमा विष्णु मोक्तान, दीपेन्द्रसिंह दर्नाल, प्रेसिका निरौला लगायतको अभिनय थियो ।

झापा, काँकडभिट्टाको परिवर्तन थिएटरले पनि ‘नेपाल आमा’ नामक कचहरी नाटक प्रदर्शन गरेर रंगमञ्च दिवस मनायो । नाटकमा कविता नेपाल, सुषमा पोखरेल लगायतको अभिनय थियो । पछिल्लो समय सक्रिय बनेका नाट्य संस्थाहरूले पूर्वका विभिन्न जिल्लामा यस्तै कार्यक्रम गरेर दिवस मनाएको नाट्य संस्था महासंघका क्षेत्रीय अध्यक्ष विशाल भण्डारीले बताए ।

Leave A Comment