ब्वाइफ्रेन्डकी धनी प्रियंका

बिहिबार, २४ चैत २०७३, ०१ : ०७ शुक्रवार , Kathmandu
ब्वाइफ्रेन्डकी धनी प्रियंका

नेपाली फिल्म उद्योगमा ब्वाइफ्रेन्ड बनाउन र फेर्न माहिर अभिनेत्रीमा गनिन्छिन्, प्रियंका कार्की । बजार हल्लामा विश्वास गर्ने हो प्रियंका अहिले आयुष्मानदेशराज श्रेष्ठसँग प्रेममा छिन् । दुवै अहिले ‘कथा काठमाडौँ’मा काम गरिरहेका छन् र यहीँबाट दुवैको प्रेम सुरु भएको बताइएको छ । पारमिता र आयुष्मानको केही दिनअघि मात्र ब्रेकअप भएको खबर बाहिरिएको थियो ।
प्रियंका यसअघि अनुपविक्रम शाहीसँग अफेयरमा थिइन् । मलिना जोशी र अनुपको सम्बन्ध तोडिनमा उनको हात रहेको फिल्म वृत्तमा चर्चा थियो ।  त्यस्तै, प्रियंका कुनै बेला दयाहाङ राईसँगको प्रेममा मग्न थिइन् । कतिसम्म भने प्रियंकाकै कारण विवाहित दयाको घरै बिग्रन लागेको समेत चर्चा थियो । तर, लन्डनमा ‘ह्याप्पी डेज’ सुटिङ गरेयता दुवैको सम्बन्ध ह्याप्पी रहेन ।
प्रियंकाले धेरै ब्वाइफ्रेन्ड बनाएर उद्योगमा रेकर्ड राख्ने विचार गरेकी छिन् कि के हो ?

 

Leave A Comment