प्रियंकाको दुखेसो

मङ्गलबार, २२ चैत २०७३, १२ : २८ शुक्रवार , Kathmandu
प्रियंकाको दुखेसो

‘दुइटा डुंगामा एकसाथ खुट्टा हाल्न सकिँदैन’ भन्ने उखान आफ्नै लागि बनेको जस्तो बलिउड अभिनेत्री प्रियंकालाई लागेको छ । अहिले उनी व्यावसायिक जीवनको उत्कर्षमा छिन् । बलिउड र हलिउड दुवै फिल्म उद्योगमा उनी एकसाथ सक्रिय छिन् । त्यसैले, कामका लागि उनले भारत र अमेरिकाको यात्रा गरिरहनुपर्छ । व्यावसायिक जीवनमा बढी सक्रिय हुँदा निजी जीवनमा कठिनाइ उत्पन्न भएको उनले स्वीकार गरेकी छिन् ।
‘निजी र व्यावसायिक जीवनबीच सन्तुलन कायम गर्न मैले दोहोरो जीवन एकसाथ बाँच्नु परिरहेको छ । नढाँटी भन्ने हो भने निजी जीवन र व्यावसायिक जीवनलाई सन्तुलनमा राख्नु ज्यादै कठिन रहेछ,’ उनले भनिन् ।

Leave A Comment