‘राइजिङ स्टार’ वैशाखमा

मङ्गलबार, २२ चैत २०७३, ११ : ५५ शुक्रवार , Kathmandu
‘राइजिङ स्टार’ वैशाखमा

बालबालिकाको सौन्दर्य प्रतियोगिता ‘राइजिङ स्टार’को तेस्रो संस्करणको अन्तिम प्रतिस्पर्धा वैशाख–२ गते हुने भएको छ । क्रिएटिभ वल्र्ड नेपालले आयोजना गर्दैै आएको यो प्रतियोगिताको फाइनल काठमाडौँस्थित प्रज्ञा–प्रतिष्ठानमा हुनेछ ।
प्रतियोगिताका लागि दुई चरणमा अडिसन गरिएको थियो । प्रतियोगितामा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा २ देखि १० सम्मका जम्मा ७५ जना प्रतिभाशाली बालबालिकाहरूको सहभागीता रहने उनले बताए । प्रतियोगिताको कोरियोग्राफी किराँत बिन्दले गर्दैछन् । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी र आकर्षक उपहार पाउने आयोजकले जनाएको छ ।

Leave A Comment