मक्ख नेहा

सोमबार, २१ चैत २०७३, ११ : ४५ शुक्रवार , Kathmandu
मक्ख नेहा

बलिउड अभिनेत्री नेहा शर्मा हिजोआज मक्ख छिन् । अभिनेता अनिल कपुरले उनलाई मक्ख पारेका हुन् । यद्यपि, अनिलले उनको प्रशंसा गरेर वा कुनै उपहार दिएर मक्ख पारेका होइनन् । अहिले नेहा अनिलसँग फिल्म ‘मुबारकान’मा काम गर्दैछिन् । अनिलजस्तो स्थापित कलाकारसँग आफूले काम गर्न पाएको भन्दै उनी मक्ख परेकी हुन् ।
‘अनिल कपुरसँग काम गर्न पाउँदा खुशी महसुस भइरहेको छ । उहाँको सहजपन र स्नेही स्वभावले मलाई उहाँप्रति अझ बढी श्रद्धाभाव जगाएको छ । सुटिङ गर्दा उहाँले वरिपरिको माहौल नै ऊर्जामय बनाउनुहुन्छ । त्यसैले उहाँसँग काम गर्न पाउँदा अद्भुत महसुस भइरहेको छ,’ उनले भनेकी छिन् ।

Leave A Comment