‘घामपानी’मा पानी नै पानी !

आइतबार, २० चैत २०७३, ०३ : ०४ शुक्रवार , Kathmandu
‘घामपानी’मा पानी नै पानी !

कलाकारको बेवास्ताको मारमा ‘घामपानी’ पनि परेको छ । समीक्षक दीपेन्द्र लामाले निर्देशन गरेको फिल्मलाई फिल्मका मुख्य कलाकारले बेवास्ता गरेपछि फिल्मको प्रचारप्रसार सुस्त छ । मुख्य कलाकार दयाहाङ राई र केकी अधिकारीले फिल्मभन्दा बढी व्यक्तिगत यात्रामा जोड दिएपछि यसको प्रचार शून्यजस्तै भएको हो ।
केही दिनअघि निर्देशक लामाले मुख्य कलाकारविनै फिल्मको ट्रेलर सार्वजनिक गरेका थिए । सञ्चारकर्मीले मुख्य कलाकारविनाको कार्यक्रम खल्लो भएको भन्दै असन्तुष्टि जनाएपछि लामाले केही दिनमै दयाहाङ र केकीको उपस्थितिमा गीत सार्वजनिक गर्ने सान्त्वना दिएका थिए । त्यतिबेला दयाहाङ अमेरिकामा थिए भने केकी सुटिङका क्रममा नेपालगञ्ज थिइन् ।
यतिबेला दयाहाङ काठमाडौँमै छन् तर केकी ‘लभ सासा’ फिल्मको सोका लागि फिल्मका निर्देशक प्रचण्डमान श्रेष्ठसँगै अस्ट्रेलिया पुगेकी छिन् । फिल्म रिलिजका लागि १० दिन हाराहारी बाँकी छ । यस्तोमा १० दिनअगाडि रिलिज भएको गीतले दर्शक तान्ला भन्ने आश मात्र गर्न सकिन्छ, भर पर्न सकिन्न । कलाकारले नै फिल्ममा चासो नदिएपछि अब फिल्ममा घाम हैन, पानी पर्ने सम्भावना बढेको छ ।

Leave A Comment