पानीः न घटी ठीक, न बढी ठीक

आइतबार, २० चैत २०७३, ०३ : ०१ शुक्रवार , Kathmandu
पानीः न घटी ठीक, न बढी ठीक

सबै खाले स्वास्थ्य सन्देशमा प्रशस्त पानी पिउनू भनिएको हुन्छ । त्यही भएर जतिसक्दो बढी पानी पिउँदा स्वास्थ्यलाई लाभ पुग्छ भन्ने भ्रम धेरैमा हुने गरेको छ । तर, कम पानी पिउँदाजस्तै बढी पिउँदा पनि शरीरलाई हानि हुने गर्छ ।
के हुन्छ बढी पानी पिउँदा ?
शरीरमा सोडियमलगायत खनिज, नुन आदि हुन्छन् । यस्ता तŒव सन्तुलित मात्रामा रहँदा शरीरलाई लाभ हुन्छ । बढी पानी पिएमा पिसाब बढी आउँछ र पिसाबसँगै शरीरमा भएका खनिज बढी मात्रामा शरीरबाट बाहिर निस्किन्छन् । शरीरमा यस्ता खनिज सन्तुलित मात्रमा भएनन् भने शरीरका कोषिकाहरूले बढी मात्रामा पानी ग्रहण गर्छन्, जसले गर्दा यस्ता कोषिका सुन्निन पुग्छिन् । दिमागका कोषिका यसरी सुन्निनपुगे भने यसले गम्भीर अवस्था निम्त्याउन सक्छ ।
खेलाडीले के गर्ने ?
धावक, फुटबलर आदिले बढी दौडिनुपर्ने भएकाले उनीहरूलाई पसिना बढी आउँछ । बढी पसिना निक्लँदा बढी तिर्खा लाग्छ, जसकारण बढी मात्रामा पानी खाने गरिन्छ । त्यही भएर खेलाडीको शरीरमा सोडियमलगायत खनिज तŒवको कमीका कारण वाकवाकी हुने, रिंगटा लाग्ने, बेहोश हुने, टाउको दुख्ने आदि हुन सक्छन् । यसबाट बच्न खेलाडी र पसिना बढी निस्किने काममा संलग्न हुनेहरूले सादा पानीसँगै बेलाबेलामा सोडियमयुक्त पानी पनि खाने गर्नुपर्छ । यसले शरीरमा सोडियमको मात्रा कम हुन दिँदैन ।

किड्नीलाई पनि हानि गर्छ
कम पानी पिउनाले किड्नी खराब हुँदै जान्छ । तर, बढी पानी पिउँदा पनि किड्नी खराब हुन्छ । किड्नीको काम खाना, पानी आदिबाट विकारलाई हटाई पिसाबमामार्फत बाहिर निकाल्ने पनि हो । साथै, किड्नीले शरीरमा पानीको मात्रा सन्तुलिन राख्न पनि मद्दत पु¥याउँछ । बढी पानी खाँदा किड्नीले आवश्यकताभन्दा बढी सक्रिय हुनुपर्छ । बढी पानी पिउनेको किड्नीमा दीर्घकालीन समस्या उत्पन्न भएका उदाहरण थुप्रै छन् ।
कति पानी पिउने ?
मानिसको उचाइ, शरीरको वजन, शरीरको प्रकृति आदिका आधारमा शरीरलाई दैनिक आवश्यक पर्ने पानीको मात्रा फरक हुने गर्छ । त्यही भएर ठ्याक्कै यति नै पानी पिउनुपर्छ भन्ने सुझाव व्यक्तिको शरीरलाई हेरेर दिन सकिन्छ । बेलायतस्थित नेसनल हेल्थ सर्भिसेजले दैनिक १.२ लिटर पानी शरीरलाई पर्याप्त हुने निष्कर्ष निकालेको छ । त्यही भएर तिर्खा लागेपछि मात्रै पानी पिउनुपर्छ । पानी पिउँदा घटघटी नभई सुरुप–सुरुप पिउनुपर्छ । र, हरेक पटक थोरै–थोरै गर्दै पानी पिउनु राम्रो मानिन्छ । तिर्खा लागेको बेला मात्रै पानी पिउँदा पनि दिनमा आठ ग्लासभन्दा बढी पानी पिउने गरिन्छ भने यसलाई बढ्ता नै तिर्खा लागेको मान्नुपर्छ । यस्तो अवस्थामा डायबेटिज र किड्नी चेक गराउनुपर्छ । डायबेटिज र किड्नीसम्बन्धी समस्याका कारण पनि बढी तिर्खा लाग्ने गर्छ ।
किड्नीले प्रतिघण्टा आधा लिटर पानी मात्रै फिल्टर गर्न सक्छ । त्यही भएर जस्तै अवस्थामा पनि एक घण्टामा एक लिटरभन्दा कम पानी पिउने गर्नुपर्छ ।  

 

Leave A Comment