भेडाको नेता ‘लोम्बा’

शनिबार, १९ चैत २०७३, ०२ : ४६ शुक्रवार , Kathmandu
भेडाको नेता ‘लोम्बा’

अठार मगरता भनिने रोल्पा, रुकुमका मगर समुदायको जीविकोपार्जनको मुख्य पेशा भेडापालन हो । भेडापालनबाटै परिवारको जीविका चलाउनेदेखि छोराछोरी पढाउने परिवार थुप्रै छन्, यहाँ । मौसमअनुसार भेडा चराउन लेक–बेसी गरिरहनुपर्छ । भेडालाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा एउटा नेता भेडा हुन्छ । अगुवा भेडालाई मगर जातिले ‘लोम्बा’ भन्छन् । नेता भेडाकै सहारामा अरू भेडा एक ठाउँबाट अर्को ठाउँमा लगिन्छ । तर, नेता भेडाको मृत्यु भयो भने के होला ? यसैलाई मुख्य कथा बनाएर फिल्म ‘लोम्बा’ तयार भएको छ । रुकुम तकसेराका अनिल बुढामगरले लोम्बा संस्कृतिमा बनाएको फिल्ममा पछिल्लो समय भेडाको चरनमा आएको समस्यासँगै यो व्यवसायमा लोम्बाको भूमिका र लोम्बाको मृत्यु भएपछि त्यो परिवारले भोगेको दुःखलाई फिल्ममा उतारेका छन् ।  
मगर खामपाङ भाषामा निर्माण फिल्ममा खस (नेपाली) र अंग्रेजी भाषाको सब टाइटल राखिएको छ । फिल्ममा मगर गाउँ, भाषा, परिवेश, संस्कृति, परम्परागत पेशा, व्यवसायसमेत देखाउन खोजिएको छ । फिल्म रुकुमको तकसेरा, मैकोट र काठमाडौँमा छायांकन गरिएको छ । शम्भू पुनमगर र जनक पुनमगरको छायांकन रहेको फिल्ममा मैत्या घर्तीमगर (मैत्या), नारायण बुढामगर, जनक बुढामगर (गोठालो मुखिया), धनरूपी बुढामगर, तिर बुढामगर लगायतको अभिनय छ ।

 

Leave A Comment