राजवल्लभको बिहे गर्ने रहर

शनिबार, १९ चैत २०७३, ०२ : ३६ शुक्रवार , Kathmandu
राजवल्लभको बिहे गर्ने रहर

फिल्ममा कामको कमी थिएन, राजवल्लभ कोइरालालाई । तर, नेपाली फिल्मको झुटो स्टारडममा रम्नुभन्दा उनले समृद्धिको बाटो रोजे । उनी ‘हाइवे टू धम्पुस’को टिमसँग अमेरिका गएका, फर्केनन् । उतै ग्रिनकार्ड लिएर बसे । सम्भवतः अहिले उनलाई भविष्यको कुनै चिन्ता छैन, चिन्ता छ त विवाहको । सँगैका साथीका छोराछोरी एसईई परीक्षा दिन थाले होलान् तर राजवल्लभको भने विवाहको सुरसार नै छैन । विवाह गर्ने उमेर घर्कंदै गएको थाहा पाएर नै होला, उनले आजभोलि फेसबुकमा विवाहसम्बन्धी स्ट्याटस छिनछिनमा पोस्ट गर्ने गरेका छन् । पछिल्लो हप्ता त यो क्रम यति बढेको छ कि उनले फेसबुकको स्ट्याटसबाटै मानौँ समाधान निकाल्छन् ।
नेपालमा हुँदा राजवल्लभको बैंकर रविनादेशराज श्रेष्ठसँग अफेयरको हल्ला थियो । अहिले उनका नै दुवै छोरा हिरो भइसके । सायद यो देखेर पनि हो, कोइरालालाई विवाहको उमेर घर्कंदै गएको आभास भएको । तर, अमेरिकामा बसेर फेसबुकमा स्ट्याटस लेखेर उनको कामना पूरा होला जस्तो लाग्दैन । कतै आजभोलि भन्दाभन्दै राजेश हमालको झैँ उनको पनि शास्त्रले भनेजस्तो वानप्रास्थ आश्रम जाने उमेरमा गृहस्थाश्रम सुरु नहोस् ?

Leave A Comment