समीक्षक समाजमा पुनः यज्ञश

शनिबार, १९ चैत २०७३, १२ : २३ शुक्रवार , Kathmandu
समीक्षक समाजमा पुनः यज्ञश

फिल्म समीक्षक समाजका अध्यक्ष यज्ञश र महासचिव सामीप्यराज तिमल्सेना

फिल्म समीक्षक समाज नेपालको अध्यक्षमा पुनः यज्ञश निर्वाचित भएका छन् । सोमवार सम्पन्न अधिवेशनले १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा दीपेन्द्र लामा र शिला खत्री (महिलातर्फ), महासचिव सामीप्यराज तिमल्सेना, सचिवमा विष्णु शर्मा र केदार श्रेष्ठ (समावेशीतर्फ), कोषाध्यक्षमा सावित्री ढकाल निर्विरोध निर्वाचित भए ।

त्यस्तै, कार्यसमिति सदस्यहरूमा सेवा भट्टराई, सुकृत नेपाल, समुन्द्रराज घिमिरे, प्रभाकर गौतम, वन्दना भट्टराई र सजना बराल चयन भए । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव ध्रुव लम्सालको उपस्थितिमा अधिवेशन सम्पन्न भएको थियो ।

अधिवेशनले समाजको सल्लाहकार, केन्द्रीय र प्रदेश पार्षद्समेत निर्वाचित गरेको छ । सल्लाहकारमा रमण घिमिरे, डा. प्रदीप भट्टराई, नवीन सुब्बा, रविन नेपाली, अनुप सुवेदी, राजेन्द्र सलभ र दीपक मानन्धर रहेका छन् ।

केन्द्रीय पार्षद्मा रमण घिमिरे, नारायण अमृत, स्मृति ढुंगाना, विनय देवकोटा, क्रन्दन चापागाइँ र ईश्वर रौनियार निर्वाचित भए । प्रदेश पार्षद्मा अच्युत कोइराला, विजय अधिकारी, घिमिरे युवराज, कमलकुमार, भीम खरेल र लेनिन बञ्जाडे छन् ।

 

 

Leave A Comment