केन्डलको घरमा चोर

मङ्गलबार, १५ चैत २०७३, ०१ : ५४ शुक्रवार , Kathmandu
केन्डलको घरमा चोर

हलिउड अभिनेत्री तथा अमेरिकी मोडल किम कार्दसियनकी कान्छी बहिनी केन्डल जेनरको घरमा चोरी भएको छ । गत साता केन्डरको घरमा पसेर चोरले दुई करोड रुपैयाँभन्दा बढी मूल्यका गरगहना चोरेको केन्डलनिकट स्रोतले जनाएको छ ।
चोरी भएको थाहा भएपछि केन्डलले प्रहरीमा उजुरी हालेकी छिन् । उजुरी परेपछि प्रहरीले चोरको  खोजी सुरु गरेको छ ।  
‘घरमा शंकास्पद आवाज आएपछि घरकै सदस्यले डराएर प्रहरीलाई खबर गरेछन् । घटनास्थलमा प्रहरी आइपुग्दा चोर फरार भइसकेको रहेछ,’ समाचारमा भनिएको छ ।

Leave A Comment