सन्न्यास र गृहस्थ धर्म

सोमबार, १४ चैत २०७३, १२ : ११ शुक्रवार , Kathmandu
सन्न्यास र गृहस्थ धर्म

डा. योगी विकासानन्द

अहिले धर्म वा अध्यात्मका नाममा जेजति आश्रम सञ्चालन तथा तथा पद्धति र प्रयोग भइरहेका छन्, यी सबै सन्न्यास धर्मसँग सम्बन्धित छन् । गृहस्थलाई सन्न्यास धर्मको शिक्षा दिइएको छ । छोडेर प्राप्त गरिने सन्न्यास धर्म गृहस्थको आवश्यकता, सीमा र मर्मको विरुद्धमा छ । सन्न्यास धर्मले लसुनप्याज र सेक्सजस्ता तामसी कुराहरू छाड भन्छ । तर, आधुनिक अनुसन्धानहरूले मानिसका लागि लसुनप्याजले हानिभन्दा फाइदा नै पु¥याउने सिद्ध गरेका छन् । अझ वयस्क मानिसले सेक्स छाड्यो भने ऊ विक्षिप्त हुन्छ भन्ने मेडिकल साइन्सले प्रमाणित गरेको छ ।

तन्त्रशास्त्रमा भनिएको छ– ‘सय हातले कमाऊ र हजार हातले त्यो पैसा समाजका लागि खर्च गर ।’ अहिले बिल गेट्सहरू त्यही गरिरहेका छन् । पश्चिमी समाजमा कमाएको पैसा समाजमै खर्च गर्नुपर्छ भन्ने अवधारणा तीव्र भएको छ । तर, हामी त पैसा पनि कमाउँदैनौँ र समाजका लागि खर्च पनि गर्न सक्दैनौँ । सन्न्यास वा वैदिक धर्मले पैसा कमाउनु पाप हो भनेर व्याख्या गरिदिएको छ । यसलाई सन्न्यासीहरूले अनुसरण गर्न सक्छन् तर धनी बन्नु गृहस्थको आवश्यकता र धर्म हो ।

सनातन धर्ममा सुरुदेखि नै दुई धार देखिन्छ, गृहस्थहरूको धर्म र सन्न्यासीको धर्म । जसलाई प्रवृत्ति मार्ग र निवृत्ति मार्ग भनिन्छ । यही विषयलाई निर्दिष्ट गर्नका लागि हिन्दू धर्ममा ब्रह्मा, विष्णु र महेश्वरको परिकल्पना छ । जसमा ब्रह्माको पत्नी वा परिवार छैन  । तर, विष्णु र शिवका पत्नी छन् । ब्रह्मा निवृत्तिमागी हन् भने शिव र विष्णु प्रवृत्तिमार्गी हुन् ।
सन्न्यास धर्मले जे पनि छोड्ने अवधारणा अगाडि सारेको छ । जस्तो, लसुनप्याज, मासु । त्यति मात्र होइन, बिस्तारै परिवार र संसार छोड्न सन्न्यास धर्मले अभिप्रेरित गर्छ । सबै कुरा त्यागेपछि मात्रै परमात्मा वा मुक्ति पाइन्छ भन्ने उसको मत छ । यता गृहस्थ धर्म (तान्त्रिक धर्म) यसको ठीक उल्टो छ । यसले सन्न्यास धर्मले जुनजुन कुरा छोड्नु भनेको छ, त्यसलाई जोडेर वा अपनाएर पनि परमात्मा पाउने विश्वास गर्दछ । जसका लागि पञ्च मकार अर्थात् पाँच वटा ‘म’ को अवधारणा अगाडि सारेको छ । पञ्च मकार भन्नाले मासु, माछा, मदिरा, मुद्रा र मैथुन पर्दछन् । पञ्च मकारलाई सन्न्यास धर्मले विष मान्छ, तर तान्त्रिक धर्मले यसैलाई मुक्तिको माध्यम मानेको छ ।
अहिले धर्म वा अध्यात्मका नाममा जेजति आश्रम सञ्चालन तथा तथा पद्धति र प्रयोग भइरहेका छन्, यी सबै सन्न्यास धर्मसँग सम्बन्धित छन् । गृहस्थलाई सन्न्यास धर्मको शिक्षा दिइएको छ । छोडेर प्राप्त गरिने सन्न्यास धर्म गृहस्थको आवश्यकता, सीमा र मर्मको विरुद्धमा छ । सन्न्यास धर्मले लसुनप्याज र सेक्सजस्ता तामसी कुराहरू छाड भन्छ । तर, आधुनिक अनुसन्धानहरूले मानिसका लागि लसुनप्याजले हानिभन्दा फाइदा नै पु¥याउने सिद्ध गरेका छन् । अझ वयस्क मानिसले सेक्स छाड्यो भने ऊ विक्षिप्त हुन्छ भन्ने मेडिकल साइन्सले प्रमाणित गरेको छ ।
कामवासना जागृत गराउँछ भन्दै सन्न्यास धर्मले लसुनप्याज नखानु भनेको हो । यो कुरा सन्न्यासीका लागि ठीक छ । तर, गृहस्थका लागि ठीक छैन । सन्न्यासीलाई कामवासना जाग्योे भने ऊ बर्बाद हुन्छ तर गृहस्थलाई काम इच्छा भएन भने ऊ बर्बाद हुन्छ । उसको पारिवारिक सम्बन्ध र संरचना खलबलिन्छ ।
लसुनप्याज, माछामासु नखाने कुरा सन्न्यास धर्मबाट आएको हो, जसलाई गृहस्थहरूले अनुसरण गरिरहेका छन् । गृहस्थको धरातलीय यथार्थ एउटा छ, तर उसले अनुसरण गरेको शिक्षा अर्कै धरातलीय यथार्थबाट आएको छ । यसबाट समाजमा ठूलो समस्या सिर्जना भइरहेको छ ।
सनन्यासले छोडेर परमात्मा वा ज्ञान प्राप्तिको वकालत गर्नु ठीक हो । तर, गृहस्थले जोडेर वा अपनाएर नै यो प्राप्त गर्न सक्छ । यसका लागि हामीले फिजिक्सको पछिल्लो विकासलाई उदाहरण मान्न सक्छौँ । क्वान्टम फिजिक्स विकास भएपछि हरेक पदार्थभित्र ऊर्जा हुन्छ भन्ने पत्ता लाग्यो । पदार्थभित्रको अन्तिम इकाई अणुलाई फुटायो भने ऊर्जा निकाल्न सकिन्छ, वा एटम फुटायो भने ऊर्जा विष्फोट हुन्छ । यसैको आधारमा अणुबमको निर्माण भएको  हो । तर, पछि के पनि पत्ता लाग्यो भने  दुई वटा अणुहरूको न्युक्लियसलाई जोडेर पनि ऊर्जा निकाल्न सकिन्छ । यसरी जोडेर निकालिएको ऊर्जाबाट नै हाइड्रोजन बम बनेको हो । जुन अणुबमभन्दा पनि शक्तिशाली हुन्छ । अब हामीले के बुझ्नुप¥यो भने सन्न्यास धर्म भनेको अणुबम बन्ने प्रक्रिया हो भने गृहस्थ वा तान्त्रिक धर्म भनेको हाइड्रोजन बम बन्ने प्रक्रिया हो । तसर्थ छोडेर मात्र धर्म हुन्छ भन्ने मान्यतालाई हामीले सुधार गर्नैपर्छ । जोडेर पनि धर्म प्राप्त हुन्छ भन्ने मूल्यलाई समाजमा पुनर्जीवित गराउनु जरुरी भइसकेको छ ।
तन्त्रले अर्थात् गृहस्थ धर्मले मावन जीवनका चार वटा पुरुषार्थहरूको व्याख्या गरेको छ– धर्म, अर्थ, काम र मोक्ष । धर्म र मोक्षको कुरा सन्न्यास धर्ममा पनि छ । तर, अर्थ र काम छैन । तन्त्रमा भनिएको धर्मका लागि संस्कृत भाषाको त्रि धातुलाई बुझ्नुपर्छ । धर्म, ‘त्रि’ धातुबाट व्युत्पत्ति भएको हो । त्रिको अर्थ धारण गर्नु हो । जुन चिजलाई हामी निरन्तर रूपमा ग्रहण गर्दै जान्छौँ वा जुन चिजले हाम्रो जीवन बदलिन्छ, त्यही नै धर्म हो । यसबाट के बुझ्नुपर्छ भने साधना नै धर्म हो । तान्त्रिक धर्मले सिद्धान्त र विश्वासलाई मतलब गर्दैन । सिद्धान्त र विश्वासबाट निस्कने धर्म परधर्म हो भने साधनबाट निस्कने धर्म स्वधर्म हो । गृहस्थको मूल कर्तव्य नै साधनबाट आर्जित धर्मलाई कायम गर्नु हो ।
आधुनिक संसारलाई हेर्दा के देखिन्छ भने पाँच प्रतिशत मानिस मात्र धनी र सफल छन्, ९५ प्रतिशत गरिब र असफल छन् । सफल वा धनी भनिएका अधिकांश मनिसहरू पनि ‘ह्याप्पी’ र ‘हेल्दी’ छैनन् । तर, संसारमा यस्ता पनि मानिस छन्, जोसँग प्रशस्त सम्पत्तिसहित खुशी, स्वास्थ्य र प्रतिष्ठा छन् । ती मानिसहरूसँग यी सबै कुरा कसरी आए त भनेर गरिएका अनुसन्धानहरूले समय व्यवस्थापन कौशललाई मुख्य कारण मानेको छ । यस्ता मानिसहरूले बिहानको दुई घण्टा आफ्ना लागि छुट्याउँदा रहेछन् । प्रायः सबैले शारीरिक स्वास्थ्यका लागि व्यायाम गर्छन् भने मानसिक स्वास्थ्यका लागि कसैले ध्यान, प्राणायाम गर्छन्, कसैले संगीत सुन्छन् त कसैले पुस्तक पढ्छन् । यही निरन्तरको साधनाबाट प्राप्त शारीरिक र मानसिक सबलता नै धर्म हो । यसरी साधना वा धर्ममा रहने मानिसहरू नै ऊर्जाशील हुन्छन् र संसारमा सफल बन्छन् । ९५ प्रतिशत मानिसहरूसँग यो धर्म छैन । बरु गुनासैसुनासो छ । जसले उनीहरूलाई बर्बाद पारिरहेको छ ।
धर्मपछि अर्थ आउँछ । अर्थात् तपाईंको धारणा वा धर्मको सामथ्र्यले नै अर्थ कमाउने हो । आफूलाई सक्षम नबनाई अर्थ कमाउन सकिँदैन, तसर्थ धर्म र काम अन्योन्याश्रित छन् । धर्म र अर्थ, काम पूर्तिको लागि हो । काम भन्नेबित्तिकै हामी सेक्स भन्ने बुझ्छौं । काम भन्नाले जुनसुकै प्रकारका कामना भन्ने बुझ्नुपर्छ । देश विकास गर्नु पनि कामनाकै पूर्ति हो । अर्थात्, काम, हाम्रा बाह्य आवश्यकता पूर्तिसँग सम्बन्धित विषय हो । धर्म र अर्थ प्राप्त नगरेको मानिसले आफूसँगसँगै अरूको पनि कामना पूर्ति गर्न सक्दैन । तन्त्रशास्त्रमा भनिएको छ– ‘सय हातले कमाऊ र हजार हातले त्यो पैसा समाजका लागि खर्च गर ।’ अहिले बिल गेट्सहरू त्यही गरिरहेका छन् । पश्चिमी समाजमा कमाएको पैसा समाजमै खर्च गर्नुपर्छ भन्ने अवधारणा तीव्र भएको छ । तर, हामी त पैसा पनि कमाउँदैनौँ र समाजका लागि खर्च पनि गर्न सक्दैनौँ । सन्न्यास वा वैदिक धर्मले पैसा कमाउनु पाप हो भनेर व्याख्या गरिदिएको छ । यसलाई सन्न्यासीहरूले अनुसरण गर्न सक्छन् तर धनी बन्नु गृहस्थको आवश्यकता र धर्म हो ।
मोक्ष भनेको सम्पूर्ण दुःखबाट मुक्त हुनु हो । जब मानिसले धर्म, अर्थ र काम प्राप्त गर्छ, त्यसपछि ऊ मानसिक र भौतिक दुःखबाट मुक्त हुन्छ । अर्थात्, ऊसँग कुनै पनि कामना बाँकी रहँदैनन् । मनोआकांक्षाले उसलाई सताउँदैन । जसलाई मुक्ति वा मोक्ष भनिन्छ ।
आजका आममानिसको आवश्यकता भनेको धर्म, अर्थ, काम र मोक्ष प्राप्त गर्नु हो, वा गृहस्थ धर्मलाई अनुसरण गर्नु हो । जसका लागि गृहस्थ धर्म सम्बद्ध शिक्षालाई प्रयोगमा ल्याउनु जरुरी छ । जसरी अहिले सन्न्यास धर्म सम्बद्ध आश्रम र सेन्टरहरू खुलेका छन् । त्यसै गरी, गृहस्थहरूका लागि आवश्यक संरचना र पद्धति सञ्चालनमा आउनुप¥यो । तब मात्र धर्मको नाउँमा मानिसले झेलेको मानसिक, सामाजिक र आर्थिक बेचैनीहरू हल हुन्छन् ।
(ईश्वर दाहालसँग गरिएको कुराकानीमा आधारित)

Leave A Comment