मुखबाट झरना

सोमबार, १४ चैत २०७३, १२ : ०७ शुक्रवार , Kathmandu
मुखबाट झरना

मुखमा पानी भरेर हामी फाल्न सक्छौँ । तर, मुखमा पानी भरेर एक मिनेटसम्म लगातार झरनाबाट पानी बगेझैँ हामी मुखबाट पानी बगाउन सक्छौँ ? निश्चय पनि सक्दैनौँ । तर, इथियोपियाका युवक यस्तो असम्भव लाग्ने काम सजिलै गर्न सक्छन् ।
इथियोपियामा मेडिकल विषय अध्ययन गरिरहेका किरुबेल यिल्मा नाम गरेका युवकले एक मिनेटसम्म लगातार मुखबाट झरनाबाटझैँ पानी झारेर सबैलाई चकित पारेका छन् । उनको कलालाई गिनिज बुक अफ वल्र्ड रेकड्र्सले समेत मान्यता दिएको छ । यति लामो समयसम्म लगातार पानी निकालेर उनले विश्व कीर्तिमायन कायम गरेको गिनिज बुकले जनाएको छ । उनले ५६.३६ सेकेन्डसम्म लगातार पानी थुकेका थिए । त्यसपछि चाहिँ उनको मुखमा पानी सकिएको थियो ।
‘मेडिकल साइन्सको विद्यार्थी भएकाले मुखका मांसपेशीलाई कसरी उपयोग गर्ने भन्ने ज्ञान मलाई थियो । यही ज्ञानलाई उपयोग गरेर मैले कीर्तिमान कायम गर्न सकेँ,’ उनले भने ।

Leave A Comment