कसले पूरा गर्ला नीताको डिमान्ड ?

आइतबार, १३ चैत २०७३, ०२ : ०० शुक्रवार , Kathmandu
कसले पूरा गर्ला नीताको डिमान्ड ?

आजभोलि धेरै कलाकारको पारिश्रमिकको ‘बटमलाइन’ १० लाख बनेको छ । नम्रता श्रेष्ठले फिल्मसँगै हङकङको प्रदर्शन अधिकार मागेर पारिश्रमिक १० लाख पु¥याउने गरेकी छिन् । त्यसै गरी, केही दिनअघि आयुष्मान देशराज श्रेष्ठले पनि फिल्मका लागि १० लाख नै माग्दा नपाएर फिल्म छाडेको खबर बाहिरिएको थियो । यही मेसोमा नीता ढुंगानाले पनि आफूले १० लाख पारिश्रमिक पाए, वर्षभरिमा जम्मा एउटामात्र फिल्म खेल्ने घोषणा गरेकी छिन् ।
रेखा थापाबाहेक कुनै पनि हिरोइनले आफ्नो बुतामा मात्र फिल्म चलाउने ल्याकत देखाउन सकेका छैनन् । अधिकांश हिरोइनको भूमिका गीतमा नाच्न र भिलेन र हिरोको बीचमा द्वन्द्व गराउनभन्दा पर जान सकेको छैन । थुप्रै फिल्म खेले पनि  नीताको ‘६ एकान ६’ बाहेकका अरू फिल्मले सफलताको स्वाद पनि चाख्न पाएका छैनन् । त्यसमाथि, साम्राज्ञीराज्यलक्ष्मी शाह र वर्षा राउतजस्ता हिरोइनका आगमनले नीताको पुस्ताका अभिनेत्री ‘रिक्त स्थानं पुरयेत्’ अर्थात् खाली ठाउँ भर्नका लागि मात्र फिल्ममा देखिन थालेका छन् । यस्तोमा नीताको माग पूरा गरिदिन को निर्माता अगाडि आउला  ?

 

Leave A Comment