ओखरका आठ फाइदा

आइतबार, १३ चैत २०७३, १२ : ५१ शुक्रवार , Kathmandu
ओखरका आठ फाइदा

ओखरलाई ड्राई फ्रुट्समध्येकै उत्तम मानिन्छ । सम्भव भएसम्म हरेक दिन ओखर खानु स्वास्थ्यका दृष्टिकोणले राम्रो हो । दिनहुँ ओखर खाँदाका फाइदा यस्ता छन्ः
मुटु बलियो बनाउँछ
ओखरमा ओमेगा–२३ तथा मोनोस्याचुरेटेड फ्याट प्रचुर मात्रामा पाइन्छ । ओखरमा पाइने विभिन्न तŒवले मुटुलाई कोलेस्टेरोललगायत समस्याबाट जोगाउँछ । हरेक दिन २५ ग्राम ओखर खानाले उच्च रक्तचाप र मुटुसम्बन्धी रोग लाग्ने जोखिम कम हुन्छ ।
हड्डी बलियो बनाउँछ
ओखरमा पाइने लिनोलिक एसिड, अल्फा लिनोसलक एसिडले हड्डीलाई मजबुत बनाउँछ । यी तŒवले क्याल्सियम सोस्ने र हड्डीमा क्याल्सियम बनाउने क्षमता बढाउँछन् । साथै, पिसाबबाट बढी क्याल्सियमको निकास हुन पनि रोक्छन् ।
शरीरको समग्र प्रणाली सुधार्छ
ओखरमा पाइने विभिन्न प्रकारका एसिडले शरीरमा खनिजको मात्रा घटाउँछ । ओखर खानाले शरीरमा कपर, पोटासियम, क्याल्सियम, आइरन, म्याग्नेसियम, जिंकलगायत खनिजको कमी हुन पाउँदैन । यसले शरीरको वृद्धि र विकास, वीर्य उत्पादन, पाचन आदिमा सघाउ पु¥याउँछ ।
मधुमेहमा राहत दिन्छ
मधुमेहका रोगीले दिनहँु ओखर खानु उपयुक्त हुन्छ । दिनहँु ओखर खाँदा वजन पनि बढ्दैन । ओखरमा प्रचुर मात्रामा पाइने पोलिस्याचुरेटेड र मोनोस्याचुरेटेड फ्याटले रगतमा चिनी र इन्सुलिनको मात्रालाई सन्तुलनमा राख्न मद्दत गर्छ ।
क्यान्सरबाट जोगाउँछ
ओखर खानाले शरीरमा क्यान्सरग्रस्त कोषिकाहरूको वृद्धि कम हुन्छ । ओखरमा पाइने फेनोलिक कम्पाउन्ड र एन्टी अक्सिडेन्टले क्यान्सरग्रस्त कोषिकाको वृद्धिमा अवरोध सिर्जना गर्ने विभिन्न अनुसन्धानले देखाएका छन् ।
जलन कम गर्छ
ओखरमा पोलिफेनोलिक कम्पाउन्ड र फाइटोकेमिकल्स पाइन्छ, जसले शरीर दुःख्ने, पोल्ने, जोर्नीमा जलन हुने आदि समस्याबाट राहत दिन्छ ।
भिटामिन प्रदान गर्छ
ओखर विभिन्न भिटामिनको राम्रो स्रोत हो । ओखरमा शरीरलाई चाहिने भिटामिन–ई, भिटामिन–बी, भिटामिन–बी ६जस्ता अत्यावश्यक तŒव पाइन्छन् ।
अनिद्रा भगाउँछ
अनिद्राको समस्या भएकाहरूलाई ओखर रामबाण हो । सुत्नुअघि भिजाएको ओखर खानाले मीठो निद्रा लाग्छ अथवा खानासँगै सलादमा ओखर छरेर पनि खान सकिन्छ । ओखरमा पाइने मेलाटोनिन नामक तŒवले निद्रा लगाउने गर्छ ।

कसरी खाने ?
–ओखरलाई स–साना टुक्रा बनाई काँचो माछा र मासुमा मिसाउने र सँगै पकाइ खाने ।
–ओखरलाई पिसेर धुलो बनाइ सलाद, अचार आदिमा मिसाएर खाने ।
–दहीमा ओखरका टुक्रा छरेर खाने ।

 

Leave A Comment