छुल्ठिमको ‘डायरी’

आइतबार, १३ चैत २०७३, १२ : ४६ शुक्रवार , Kathmandu
छुल्ठिमको ‘डायरी’

अभिनेत्री रेखा थापाले पहिलोपल्ट नकारात्मक चरित्र निर्वाह गरेको भनिएको फिल्म ‘डायरी’ आउँदो जेठ ५ गतेदेखि प्रदर्शनमा आउने भएको छ । वितरक तथा हल सञ्चालकसँगको सल्लाहपछि ‘डायरी’लाई उक्त मितिमा प्रदर्शन गर्ने पक्का भएको निर्माता तथा अभिनेत्री छुल्ठिम गुरुङले बताइन् । गुरुङले ‘नोभेम्बर रेन’बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । दोस्रो फिल्ममा उनी अभिनेत्रीसँगै निर्माताको भूमिकामा पनि अगाडि आएकी हुन् ।
फिल्मको प्राविधिक काम पूरा नभएका कारण ‘डायरी’ लाई यो साल प्रदर्शनमा ल्याउन सम्भव नभएको गुरुङले बताइन् । ‘हामी यही वर्ष प्रदर्शनमा ल्याउने प्रयासमा थियौँ । तर, निर्देशक अचानक अस्वस्थ भएपछि काम समयमा हुन सकेन । अर्को जेठ ५ मा चाहिँ फिल्म रिलिज गर्छौं,’ उनले भनिन् । फिल्मको पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको छ ।
बदलाको वरिपरि घुम्ने प्रेमकथामा छुल्ठिमको जोडीका रूपमा सन्नी सिंह देखिनेछन् । ‘डायरी’ मा रेखा थापा पहिलो पटक भिलेनको भूमिकामा देखिन लागेकी हुन् । केही दिनअघि सार्वजनिक ‘डायरी’ को टिजरमा रेखाको भिलेन अवतारले धेरैको ध्यान खिचेको थियो ।

 

Leave A Comment