हतार छैन ऋचालाई

आइतबार, १३ चैत २०७३, १२ : ३३ शुक्रवार , Kathmandu
हतार छैन ऋचालाई

भारतीय अभिनेत्री ऋचा चड्डा फरक खालको भूमिका भएको फिल्ममा संलग्न हुन रुचाउने गर्छिन् । फरक खालकै भनी विश्वास गरिएको फिल्म ‘काबारेट’मा उनले अभिनय गरेकी थिइन् । फिल्मको छायांकनलगायत सबै काम समाप्त भइसकेको धेरै भयो । तर, अझैसम्म फिल्म सार्वजनिक भएको छैन । फिल्म रिलिज हु्न ढिलो भए पनि यसले आफूलाई कुनै फरक नपारेको उनी बताउँछिन् ।
‘मभन्दा जान्ने मानिसहरू फिल्मलाई कसरी र कहिले सार्वजनिक गर्ने भन्ने विषयमा लागिपरेका छन् । यसबारे उनीहरूले चिन्ता लिइरहेका छन् । के गर्दा राम्रो हुन्छ भन्ने उनीहरूले नै तय गर्नेछन् । त्यही भएर मलाई फिल्म छिटो रिलिज भइदिए हुन्थ्यो भन्ने हतार छैन,’ उनले भनिन् ।

 

Leave A Comment