फोटोसुटले लियो ज्यान

आइतबार, १३ चैत २०७३, १२ : २९ शुक्रवार , Kathmandu
फोटोसुटले लियो ज्यान

रेलवे ट्र्याकमा फोटो सुट गरेर मोडलिङमा करिअर बनाउन खोज्ने एक अमेरिकी युवतीले ज्यान गुमाइन् । टेक्सास शहरनिवासी १९ वर्षीया फ्रिडानिया थम्पसन रेलवे ट्र्याकमा विभिन्न पोज दिइरहेकी थिइन् । पछाडिबाट रेल आयो र उनलाई कुल्चिएर अगाडि बढ्यो । उनको यो पहिलो फोटोसुट थियो, जो अन्तिम पनि भयो । फ्रिडानियाका तस्बिरहरू अहिले सोसल मिडियामा भाइरल भइरहेका छन् । उनी गर्भवती थिइन् ।
रेलवे अधिकारीहरूका अनुसार उल्टो दिशाबाट आएको रेलले उनले कुल्चिएको थियो । फोटोग्राफर र अन्य व्यक्ति भाग्न सफल भए पनि मोडलले भने ज्यान गुमाइन् ।

Leave A Comment