बिरालो भनेर चितुवा समात्दा

शनिबार, १२ चैत २०७३, ११ : २२ शुक्रवार , Kathmandu
बिरालो भनेर चितुवा समात्दा

चीनको चिडियाघरमा सिंहको ठाउँमा राखिएको सिंहजस्तो कुकुर देखेर मानिस झुक्किएको समाचार केही अघि सार्वजनिक भएको थियो । अहिले आएर भारतमा चितुवाका दुई बच्चालाई बिरालो भनेर झुक्किएको समाचार सार्वजनिक भएको छ ।
भारतको विशाखापट्नम शहरमा बस्ने एक जना छ वर्षका बच्चाले चितुवाका बच्चालाई बिरालो ठानेर समातेका हुन् । जंगलमा घुम्दै गर्दा उनले दुइटा बिरालोजस्ता चितुवाका बच्चा देखेका थिए । बिरालो सम्झेर उनी तिनलाई लिएर घर फर्किएका थिए ।
बच्चाले ल्याएको चितुवाको बच्चालाई बिरालो सम्झिएर घरकाले पनि एकदुई दिन खेलाए । तर, छिमेकीले बिरालो भनेका जीव चितुवाको बच्चा भएको बताएपछि उनीहरू डराए । उनीहरूले वन अधिकारीलाई खबर गरेर चितुवाका बच्चा जिम्मा लगाए ।

Leave A Comment